|
|
काठमाडौं –
लगातार तीन पटक फाइनलमा पुगेर उपाधि चुम्न असफल बनेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार बिहान सम्पन्न खेलमा मेस्सीले पेनाल्टीबाट चुक्दा अर्जेन्टिना चिलीसँग पराजित हुँदै कोपा अमेरिका सेन्टेनारियोको उपाधिबाट बञ्चित भएको थियो । खेलपछि स्तब्ध बनेका मेस्सीले अर्जेन्टिनी टेलिभिजनसँग् कुरा गर्दै भने, ‘अब यति मात्र । मेरो राष्ट्रिय टोलीबाट खेल्ने समय सकियो ।’ ‘मेरो लागि यो रहनेछ । चारवटा फाइनल भइसक्यो । मैले निर्णय लिइसके । म सँधै जित्न चाहान्थे । तर, त्यस्तो हुन सकेन । अब यति नै हो । म निके दुःखी छु,’ उनले भने । २९ वर्षीय मेस्सीले अजेन्टिनाका लागि ११२ खेलमा ५५ गोल गरेका छन् । हालै मात्र उनले ग्याब्रियल बाटिस्टुटाको किर्तिमान तोड्दै अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता बनेका थिए ।
|
|
Post a Comment