चियाङ्गी – प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको सिंगापुर एयरलाइन्सको विमानमा आगलागी भएको छ । एसक्यु३६८ कल साइन भएको विमान सिंगारपुरको छांगी विमानस्थलबाट इटालीको मिलानतर्फ उडान भर्ने क्रममा इन्जिन आयलमा समस्या देखिएपछि फर्किएर छांगी विमानस्थलमा नै फर्कनुपरेको थियो । त्यतिबेला विमान उडेको २ घण्टा भइसकेको थियो । अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको थियो । ‘अवतरणपछि विमानको दाहिने पट्टीको इन्जिनमा विहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको छ,’ सिंगापुर एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अवतरणपछि बोइङ ७७७०–३०० इआर विमानको आगो निभाइएको थियो । विमानमा सवार २२२ यात्रु र १९ विमान कर्मचारी सुरक्षित रहेका छन् । विमानका यात्रु मध्ये एक ४३ वर्षीय लि बि यीले विमानमा पेट्रोलियम पदार्थ गनाएको बताइन् । ‘त्यसपछि पाइलटले विमानबाट इन्धन चुहिएको र मिलान जान नसकिने भन्दै छांगी विमानस्थल फर्कन लागेको जानकारी दिए,’ उनले भनिन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment