Headlines News :
Home » » तेल सुविधामा यसरी घोटाला गर्दै मन्त्री थापादेखि गच्छदारसम्म..

तेल सुविधामा यसरी घोटाला गर्दै मन्त्री थापादेखि गच्छदारसम्म..

Written By news on Thursday, 9 June 2016 | 03:33

२७ जेठ, काठमाडौं । सरकारका केही मन्त्रीहरुले सुविधाको तेलमा समेत भ्रष्टाचार गर्ने गरेको तथ्य फेला परेको छ । आफ्नो मन्त्रालय र अन्य निकायबाट उनीहरुले अवैधानिकरुपमा तेल सुविधा लिँदै आएको पाइएको छ । मन्त्रीहरुले सरकारबाट गाडी सुविधाका अतिरिक्त निश्चित परिमाणमा इन्धन र मोबिल पाउँछन् ।
सो वापतको एकमुष्ट रकम मासिकरुपमा उनीहरुले प्रधानमन्त्री कार्यालयबाट बुझ्छन् । केही मन्त्रीहरुले भने आफ्नो मन्त्रालय र अन्य निकायबाट पनि दोहोरो-तेहेरो इन्धन सुविधा लिएर भ्रष्टाचार गरेका छन् । इन्धन घोटाला गर्नेमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री अगाडि छन् ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा, राज्यमन्त्री कुन्ती शाही र सहायक मन्त्री रेशमबहादुर लामाले कानुन विपरित मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायबाट दोहोरो इन्धन सुविधा लिइरहेको पाइएको छ। मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले स्थानीय विकास मन्त्रालयबाट मासिक २ सय लिटर इन्धन लिने गरेका छन् ।

यस्तै स्थानीय विकास मन्त्रालय मातहतकै निकाय डोलिडारबाटसमेत उनले मासिक १ सयदेखि एकसय ५० लिटरसम्म इन्धन लिने गरेको स्रोतको दावी छ । ‘स्वकीय सचिवको तोक लागेको माग फारम आउँछ, हामीले त्यहि अनुसार कुपन दिने गरेका छौं,’ पुल्चोकस्थित डोलिडारका एक कर्मचारीले भने, ‘राजधानी बाहिर जाँदा तीनै जना मन्त्रीले आवश्यकताअनुसार भनेर इन्धन लिने गरेका छन् । त्यहाँबाट आउने आदेश कार्यान्वयन गर्नैपर्ने हुन्छ ।’

    राजपत्रमा उल्लेख भएअनुसार मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुलाई सुविधा उपलब्ध गराउँछ । त्यसबाहेक मन्त्रीले थप कुनै सुविधा लिएमा त्यो गैरकानुनी अर्थात भ्रष्टाचार हो राज्य र सहायक मन्त्रीले पनि यसैगरी मन्त्रालय र विभिन्न निकायबाट इन्धन लिने गरेका छन् ।

कानुनी रुपमा उनीहरुले प्रधानमन्त्री कार्यालयबाट मासिक १ सय लिटरका दरले इन्धन पाउँछन् । तर ती दुबै मन्त्रीले मन्त्रालय र डोलिडारबाट मासिक २ सय लिटरका दरले इन्धन लिने गरेका छन् । यस्तै उनीहरुले नगरपालिका कार्यालयहरुबाट समेत इन्धन लिने गरेको स्रोतको दावी छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger