|
|
मुम्बई ।
९० को दशकका सुपरहिट हिरो रहेका अभिनेता गोविन्दा जति आफ्नो कलाका लागि चिनिन्छन्, त्यो भन्दा बढी उनी आफ्नो डान्सका लागि प्रख्यात छन् । गोविन्दाको डान्सका आज पनि लाखौं फ्यान छन् । गोविन्दाले आफ्नो जमानाका लगभग सबै हिरोइनसँग काम गरेका छन्, तर यो कुरा धेरै कम मानिस मात्र जान्दछन कि गोविन्दालाई आफ्नो जोडी अभिनेत्री नीलमसँग राम्रो लाग्थ्यो । गोविन्दा उनलाई आफ्नो जीवनसाथी बनाउन पनि तयार थिए । तर, यो सम्बन्ध ठूलो पर्दामा मात्रै सीमित रह्यो ।
आखिर किन अधुरो रह्यो गोविन्दा र नीलमको प्रेम सम्बन्ध ?
भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाले १९८६ मा आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘इल्जाम’बाट गरेका थिए । यो फिल्म त्यो वर्ष पाँचौं सबैभन्दा हिट फिल्म थियो । र यस फिल्ममा गोविन्दाकी हिरोइन थिइन नीलम । दुबैको जोडीलाई दर्शकले खुब मन पराएका थिए । हेर्दाहेर्दै दुबैको जोडी बलिउडको मनपर्ने जोडी बन्यो ।जोडी हिट हुँदा दुबै जनालाई लभगभ एक दर्जन फिल्ममा काम गर्ने अफर आयो । र दुबैले ती सबै फिल्ममा जोडी भएर काम गरे । एकसाथ यतिको समय सँगै विताउँदा गोविन्दा र नीलम नजिक भइसकेका थिए ।
गोविन्द र नीलम दुबैको करियर राम्रो चलिरहेको थियो । गोविन्दा नीलमलाई लिएर एकदमै सम्वेदनशील थिए । सेटमा अधिकांश नीलमसँगै देखिन्थे । गोविन्दा नीलम आफ्नो प्रेमलाई निकै गम्भीर पनि थिए । नीलमले अरु कुनै हिरोसँग काम गरेको गोविन्दाले राम्रो मान्दैनथे ।
दुबैले यो सम्बन्धलाई औपचारिकता दिन नपाउँदै गोविन्दाका लागि विहेको खबर लिएर आइपुगिन् उनकी आमा । यद्यपी गोविन्दाकी आमाले निर्देशन अनिल सिंहकी पत्नीकी सुनीतालाई आफ्नी बुहारी छानेकी थिइन् । उनले गोविन्दालाई बुहारी खोजेको र विहे गर्न आग्रह गरे । गोविन्दाले आमाको आग्रह टार्न सकेनन् । सबै कुरा छाडेर अचानक सुनीतासँग विहे गरे ।
यद्यपी मानिसहरुले विहे गरेको कुरा गोविन्दा छोरीको पिता भएपछि मात्रै थाहा पाएका थिए । उनले करियरमा प्रभाव नपरोस भनेर विहे लुकाए थिए । यसरी गोविन्दाले आफूले मनपराएकी नीलमसँग विहे गर्न पाएनन् ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
|
|
Post a Comment