Headlines News :
Home » » पूर्वमन्त्री रिजाल अर्काकी कान्छी श्रीमती काण्डमा यसरी मुछिए..

पूर्वमन्त्री रिजाल अर्काकी कान्छी श्रीमती काण्डमा यसरी मुछिए..

Written By news on Sunday, 26 June 2016 | 21:49



काठमाडौं, १३ असार ।
 नेपाल टेलिजिभनमा भएको ९ करोड रुपियाँ भ्रष्टाचारको छानविन कसरी गर्ने ? भन्ने विषयमा छलफल गर्ने क्रममा संसदको सार्वजनिक लेखा समितिमा बाझाबाझ भएको छ ।

नेपाल टेलिजिभनका महाप्रवन्धक लक्ष्मण हुमागाइँले ९ करोड रुपियाँको नक्कली बैंक ग्यारेन्टी बनाई भ्रष्टाचार गरेको विषयमा छलफल गर्न आइतबार लेखा समितिको बैठक बोलाइएको थियो । तरुण साप्ताहिकले समाचार छापेको छ ।

लेखा समितिमा नलसिंह गाढ जलविद्युत आयोजनामा भएको भ्रष्टाचार प्रकरण, नेपाल प्रहरीले ज्याकेट खरिद गर्दा भएको भ्रष्टाचार प्रकरण लगायत थुप्रै मुद्दा निकै पहिलादेखि थाँति रहँदै आए पनि समितिका सभापति जनार्दन शर्माले नेपाल टेलिभिनको भ्रष्टाचार प्रकरणलाई प्राथमिकता दिनुमा धेरै सांसदहरूले रहस्यय मानेका छन् ।

नेपाल टेलिभिजनको भ्रष्टाचार प्रकरणलाई प्राथमिकता मात्रै दिइएन, बैठक सुरु हुनासाथ तत्कालीन सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई कारबाही गर्नुपर्ने माग सत्तारुढ पार्टीका सांसदहरूले उठाए । यसलाई प्रतिपक्षी दलका सांसदहरूले प्रतिवाद गरे ।

संसदीय समितिमा सांसदहरू सत्तापक्ष र प्रतिपष्क्षका रुपमा ध्रुवीकृत हुनुलाई विडढम्बना मानिन्छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा नेपाल टेलिभिजनको भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्री रिजालको प्रत्यक्ष संलग्नता छैन ।

तर भ्रष्टाचारीमाथि कारबाही गर्न छानविन समितिले दिएको निर्देशन तत्कालीन सूचना तथा सञ्चारमन्त्री रिजालले पालना नगरेपछि उनीमाथि कारवाहीको माग गरिएको हो । रिजालले भ्रष्टाचारीलाई कारबाही नगरेको विषयमा छानविन गर्न लेखा समितिले छुट्टै उपसमिति गठरेको छ ।

लेखा समितिका एक सांसदले दावी गरे अनुसार नेपाल टेलिभिजनका तत्कालीन महाप्रवन्धक लक्ष्मण हुमागाइँकी कान्छी श्रीमतीको विशेष प्रभावमा परी तत्कालीन मन्त्री रिजालले भ्रष्टाचारीलाई उन्मुक्ति दिएका हुन् ।

तर, हुमागाइँकी कान्छी श्रीमती को हुन् र कहाँ काम गर्छिन् भन्नेबारे आफू अनभिज्ञ रहेको उनले बताउने गरेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger