Headlines News :
Home » » "सक्कली नाम नभने पनि यौन पेशाका सक्कली कुरा यस्ता"..

"सक्कली नाम नभने पनि यौन पेशाका सक्कली कुरा यस्ता"..

Written By news on Friday, 10 June 2016 | 05:23

मेरो सक्कली नाम नभने पनि आज म तपाईलाई यौन बजारका सक्कली कुरा लेख्दै छु आज सक्कली नाम तपाईंहरूलाई किन बताऊँ ?

त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘अस्मी’ भनेर चिन्नोस् मलाई। जिन्दगीको उकालो आरालो यात्रामा अनेक दुस्खकष्ट सहेर यहाँसम्म आइपुगेको छु आज म । मेरा पिडा अनुभव भनिसाध्य छैन् तै पनि पोख्दै छु शब्दमा मैले ।

दुस्खले अहिले पनि छाडेको छैन तर दुस्खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दुस्खी भएर हिँड्नुरु त्यो धोकेबाज पतिलाई के सम्झनु होइन र ?

दुईवटा बिहे बेहोरेँ। दुवै पति उस्तै धोकेबाज परे। दुवै पतिका तर्फबाट ४ जना सन्तान भए पनि भए। ती सबैलाई दुस्खले हुर्काएँ बढाए पढाउदैँ छ अहिले।  उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ। त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले  यौनकर्म बने ।

तपाई जे भन्नुस् म सत्यढ कुरा भन्दै छु । राम्रो रोजगार छैन् अनि के गर्ने । त्यसो त बाध्यताले जस्तो काम पनि गर्नुपर्ने रहेछ। अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको।

आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ।


छोराछोरी, नातागोताले देखे के भन्लान्रु त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंमा बसेको केटो खोजिदिएछन्, धनी भन्ठानेर होला तयस्तो लाग्छ मलाई अहिले। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे।

त्यतिखेर म १४ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। पहिले उनी भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको ३ वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १७ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै  दिएँ पनि।


कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर होरु म त बेहोश भएछु। होश आउँदा म बिर अस्पतालमा थिएँ। २२ दिन अस्पताल बस्न पर्‍यो।

मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्‍यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्‍याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको पो रहेछ। माइतीलाई पर्‍यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्‍याइहाले।


त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्‍यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ।

फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्‍क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको दुई आम्दानी हुन्थ्यो त्यो समयमा। मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पतिले। पहिले छोरोमात्रै पाल्नुपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो।


त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। ‘ त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो। उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने।


बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्‍क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो।

सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउथेँ। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्‍न पर्‍यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी। म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ।


‘ स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि १ एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ।

आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्‍ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारोरु साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्‍क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो।


‘ अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ। बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्‍नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ।

त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा एक हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। यौन सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ।  तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ।


पक्‍कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो यौन सम्पर्क राखेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन् । एकाएक उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि १ त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीन तीनजनाले ... ।

तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ३ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्‍नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। ‘ हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं।


मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४र१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा। कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्।

तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ। तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार।


म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger