Headlines News :
Home » » उपत्यकाका सडक फराकिला बनाइँदै, कब्जा गर्ने घर धमाधम डोजरले भत्काइँदै..

उपत्यकाका सडक फराकिला बनाइँदै, कब्जा गर्ने घर धमाधम डोजरले भत्काइँदै..

Written By news on Friday, 10 June 2016 | 05:31

काठमाडौँ, २८ जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले नगर विकास योजनाभित्र पर्ने सहरी क्षेत्रमा हुने क्रियाकलाप सम्बन्धी निर्देशिका (मापदण्ड) २०३३ अनुसार १४ सडक केन्द्रदेखि दायाँबायाँ ११ मिटर छोड्न अनुरोध गरेको छ ।

उपत्यकाको शाखा (आर्टेरियल) सडक भएकाले सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरी २२ मिटर चौडा बनाउन लागिएको प्राधिकरणले जनाएको छ । तत्कालीन नगर विकास समितिले पनि स्पष्ट मापदण्ड तोकेका यी सडकलाई विस्तार गर्ने कार्यक्रम अघि बढेकाले सडकको केन्द्रदेखि ११/११ मिटर खाली गर्न अनुरोध गरेको प्रवक्ता केशवप्रसाद न्यौपानेले राससलाई बताउनुभयो ।

दुबैतिर ११ मिटर कायम गरिएका सडकमा कलङ्कीस्थान–चारदोबाटो, कालिमाटी–विष्णुमतीपुल, त्रिपुरेश्वर बाग्मती पुल–थापाथली, कुपण्डोल–पुल्चोक, जावलाखेल– लगनखेल, चक्रपथ– नख्खुखोला–भैँसेपाटी हुँदै बुङमतीसम्म, त्रिपुरेश्वर–नागस्थान–महाङ्कालस्थान–रत्नपार्क (असन जाने चार दोबाटो) रहेका छन् ।

यस्तै राष्ट्रिय नाचघर–कान्तिपथ, शीतल निवास –चक्रपथ– बाँसबारी हुँदै बूढानीलकण्ठ प्रहरी चौकीसम्म, लैनचौर (तीन दोबाटो)–सोह्रखुट्टे पाटी–विष्णुमती पुल हुँदै चक्रपथसम्म, थापाथली (बाग्मतीको पुल)–सिंहदरबार–पुतलीसडक–कमलादी (गणेशस्थान जाने तीन दोबाटो) –हात्तीसार–जयनेपाल चित्रघरको उत्तर पूर्वको तीन दोबाटो, नारायणस्थान–दरबारमार्गको तीन दोबाटो–कान्तिपथ–केशर महलको चार दोबाटोसम्म, गौशाला चोक–मैतीदेवी–ज्ञानेश्वर–कमल पोखरी–प्रज्ञा भवन–तीनधारा पाठशालासम्म दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी पुरानो बानेश्वर चोक–गौशाला चोकसम्म, चाबहिल चोक–बौद्ध–जोरपाटी–गोकर्ण रिसोर्ट मूलद्वार–साँखुसम्म, जोरपाटी–गोकर्ण मन्दिर–सुन्दरीजलसम्म, विष्णुमती पुलबाट पश्चिमतर्फ माछा पाल्ने पोखरी–पूर्वतर्फ चक्रपथ–बालाजु माथिल्लो बजार हुँदै त्रिशूली सडकको काठमाडौँ सीमासम्म, कालिमाटी–त्रिभुवन विश्वविद्यालय मूलद्वार–दक्षिणकाली पार्किङस्थलसम्म, एकान्तकुना–भनीमण्डप चक्रपथ हुँदै खाद्य संस्थानको गोदामसम्म, जावलाखेल–लगनखेल–सातदोबाटो –खुमलटार–हरिसिद्धि–थैव–बाँडेगाउँ–किटनी हुँदै गोदावरी कुण्डसम्म, चक्रपथ– इमाडोल– सानागाउँ–लुभू–महालक्ष्मी चौर हुँदै लामाटारसम्म, सातदोबाटो (चक्रपथ)–टुटेपाटी ढोलाहिटी–सुनाकोठी–ठेचो –प्याङ गाउँ–लेले तिलेश्वर हुँदै सरस्वती कुण्डसम्म पनि केन्द्रदेखि दायाँबायाँ ११ मिटर सडक चौडा गरिने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

“यो मापदण्ड विसं २०३३ मै बनेको हो, यसपछि बनेका संरचनाले यसलाई पालना गर्नुपथ्र्यो, नगरेको पाइएमा भत्काउनुपर्ने छ, मापदण्ड बन्नु अघि नै बनेका संरचनाका धनीलाई मुआब्जा दिइनेछ,” उहाँले भन्नुभयो ।

यी सडकमध्ये चालु आवमा चावहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल र त्रिपुरेश्वर–नागढुङ्गासम्म केन्द्रदेखि दायाँबायाँ दुबैतिर ११ मिटर सडक कायम गर्ने काम सुरु भइसकेको प्राधिकरण काठमाडौँका प्रवक्ता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो





Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger