|
|
ग्लोबल सिटिज विजनेश एलायन्स लण्डनस्थित नन प्रोफिट अर्गनाइजेशसन हो । सन् २०१५ को आम्दानीलाई आधार बनाएर विश्वका प्रमुख सहरमा गरिएको उक्त अध्ययनअनुसार सिड्नीको औसत घरभाडा ११११ अमेरिकी डलर रहेको विजनेश इनसाइडरको रिपोर्टमा जनाइएको छ । जुन अस्ट्रेलियाको आम्दानीको ३३ प्रतिशत हुन आउँछ ।
महंगा घरभाडा भएका सहरहरुको सूचीमा पहिलो नम्बरमा चीनको बेइजिङ परेको छ । वेइजिङको औसत घरभाडा ७८९ अमेरिकी डलर छ । जो त्यहाँको आम्दानीको १२२.९ प्रतिशत हो ।
यस्तै दोस्रोमा युएईको अवुधावी परेको छ । जहाँ औसत घरभाडादर २४६० अमेरिकी डलर रहेको छ । जो त्यहाँको आम्दानीको ६९.५ प्रतिशत हुन आउँछ ।
सूचीअनुसार बेलायतको लण्डन ९ औं नम्बरमा परेको छ । लण्डनमा औसत घरभाडादर १४३० अमेरिकी डलर छ । जुन त्यहाँको आम्दानीको ५०.४ प्रतिशत हो ।
१० औं महंगो घरभाडा भएको सहरमा दरिएको संसारकै सुन्दर सहर पेरिसको औसत घरभाडादर ८८० अमेरिकी डलर छ । जो त्यहाँको आम्दानीको ३६.२ प्रतिशत हो ।
यी हुन संसारकै घरभाडा महंगो भएका १५ सहर
सहर औसत घरभाडादर (USD) आम्दानी
१. वेइजिङ, चीन ७८९ डलर १२२.९ प्रतिशत
२. अबुधावी, युएर्इ २४६० ६९.५ प्रतिशत
३. हङकङ, चीन १९३० ६४ प्रतिशत
४. न्युयोर्क, अमेरिका २६२९ ६३.१ प्रतिशत
५. साङघाई, चीन ५१८ ५८.३४ प्रतिशत
६. मेक्सिको सिटी, मेक्सिको ३८५ ५८ प्रतिशत
७. दुबई, युएर्इ १२८१ ५५.४ प्रतिशत
८. सन फ्रान्सिसको, अमेरिका १३७७ ५०.५ प्रतिशत
९. लण्डन, बेलायत १४३० ५०. ४ प्रतिशत
१०. पेरिस, फ्रान्स ८८० ३६.२ प्रतिशत
११. सिकागो, अमेरिका १३७७ ३५.६ प्रतिशत
१२. सिंगापुर १०३३ ३३ प्रतिशत
१३. सिड्नी अस्ट्रेलिया ११११ ३२.१ प्रतिशत
१४. साउ पाउलो, ब्राजिल ४८० ३०.२ प्रतिशत
१५. बोस्टन, अमेरिका १५४० ३० प्रतिशत
|
|
Post a Comment