Headlines News :
Home » » तेल उत्पादन कटौतिमा बनेन् सहमति, पेट्रोलियमको भाउ घट्ने संकेत

तेल उत्पादन कटौतिमा बनेन् सहमति, पेट्रोलियमको भाउ घट्ने संकेत

Written By news on Thursday, 2 June 2016 | 23:36


काठमाण्डौ । कच्चा तेलको उत्पादनलाई कटौति गर्ने मुख्य उद्देश्यले बसेको तेल उत्पादन देशहरुको संगठन ओपेक बैठक बिनानिश्कर्ष सकिएपछि आउँदा दिनमा तेलको मूल्यमा गिरावट आउने संभावना देखिएको छ ।

अष्ट्रियाको राजधानी भियनामा बिहीबार बसेको ओपेक सदस्य राष्ट्रहरुको बैठकमा उत्पादन कटौतिको बिषयमा कुनै सहमति नजुटेको हो । कच्चा तेल उत्पादनको पुरानो नीति परिवर्तनको बिषयमा कुनै सहमति बनेन् । ओपेकको यस्तो फैसलापछि कच्चा तेलको मूल्यमा लगातार गिरावट आउनसक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले प्रक्षेपण गरेका छन् ।

ओपेक सदस्य राष्ट्रबीच उत्पादन कटौतिको बिषयमा चर्काचर्की परेको थियो । कुवेत र कतार उत्पादन कटौतिमा सहमत देखिए पनि इरान यो प्रस्तावप्रति नकारात्मक देखियो भने नाइजेरियाले थप छलफल आवश्यक भन्दै अनिच्छा देखायो । यसअघि अप्रिलमा दोहामा भएको बैठकमा समेत उत्पादन कटौतिको बिषयमा सदस्य राष्ट्रबीच कुनै सहमति बन्न सकेको थिएन ।

स्रोतका अनुसार इरानको मुख्य असहमतिका कारण उत्पादन कटौतिको बिषयमा ओपेक बैठकले ठोस निश्कर्ष निकाल्न नसकेको हो । इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध जनवरीमा हटेको थियो । इरान चाहन्छ कि उसको कच्चा तेलको निर्यात जबसम्म प्रतिबन्ध लाग्नुभन्दा पहिलाको अवस्थामा पुग्दैन, तबसम्म तेल उत्पादनको कटौतिका लागि उसले सहमति दिने छैन । इरानका तेल मन्त्री बिजान नामदारले बुधबार नै संचारमाध्यमहरुलाई भनेका थिए कि उत्पादन कटौति गरेर उनको देशलाई कुनै फाइदा हुनेवाला छैन ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger