|
|
काठमाण्डौं ।
अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो। अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी पेनाल्टीमा गोल गर्नबाट चुके । सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी किपरले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेको मेसीको बल पोष्ट बाहिर गयो । चिलीका किपरले अर्जेन्टिनी लुकास बिग्लियाको पेनाल्टी सुट रोक्दा गाटो सिल्भाले गोल गर्दै चिलीलाई विजयी बनाए । प्रकाशितः २०७३ असार १३
|
|
Post a Comment