Headlines News :
Home » » भारत र भुकम्पका कारण दुई बर्ष ढिलो माथिल्लो तामाकोसी...

भारत र भुकम्पका कारण दुई बर्ष ढिलो माथिल्लो तामाकोसी...

Written By news on Sunday, 26 June 2016 | 22:49



सचेन गौतम काठमाडौं, १३ असार 
 यही असारको अन्तिममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दीलगायतका कारण काममा ढिलाइ हुने भएपछि असार ०७५ सम्म सर्‍यो समयसीमा
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि २ वर्ष पछि धकेलिएको छ । यही असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना भूकम्प, भारतीय नाकाबन्दीलगायतका कारण ०७५ असारमा मात्रै सम्पन्न हुने भएको हो । माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले ऊर्जा मन्त्रालयमा बुझाएको विवरणअनुसार, असार ०७५ भित्रमा आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । तर, भूकम्प र भूकम्प आउनुभन्दाअघिका विभिन्न कारणले निर्माणमा प्रतिकूल असर परेकाले लक्षित मितिमा व्यापारिक उत्पादन गर्न नसकिने अवस्था रहेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘सबै ठेक्का सम्झौता भइसकेपछि १८ चैत ०७२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरेका थियौा, विभिन्न कारणले म्याद बढ्न गएपछि सम्पूर्ण निर्माण र जडान १६ पुस ०७३मा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको थियो,’ श्रेष्ठले भने, ‘भूकम्प र नाकाबन्दीले काममा प्रतिकूल प्रभाव परेपछि अहिले आव ०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौ।’
लागत पनि बढ्ने

निर्माण अवधि २ वर्ष धकेलिएसँगै आयोजनाको लागत पनि बढ्ने भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ । निर्माण अवधि लम्बिँदा निर्माण सुपरीवेक्षण परामर्शसेवा (कन्सल्टेन्सी) र प्रशासनिक खर्च बढेर लागत वृद्धि हुने आयोजनाले जनाएको छ । मूल्यवृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कार्यको परिणामा वृद्धि, करका दायरामा वृद्धिलगायतले आयोजनाका लागत बढ्ने अवस्था देखिएको हो । भूकम्पले अस्थायी तथा स्थायी संरचना र केही सिभिल संरचनामा समेत क्षति पुर्‍याएको छ ।

‘लागत कति वृद्धि हुन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसको अध्ययन र विश्लेषण गरिरहेका छौ ।’ आयोजनाको लागत ४१ अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । आयोजनाले सिभिल र मेकानिकल तथा इलेक्ट्रिकलतर्फको २ अर्ब ५० करोड रुपैयाँ प्रारम्भिक बिमा दाबी पेस गरिसकेको छ । निर्माण तीव्र भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त प्रवेश मार्ग खोल्ने र भूमिगत विद्युत् गृहको निर्माण तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ । भूकम्प र त्यसपछिका पराकम्पनले आयोजनाका बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो ।

आयोजनाले अमेरिकाको विज्ञ समूह (पिओई) मार्फत अध्ययन गराएको थियो । क्षति पुगेका बाँधका संरचनालाई पर्याप्त स्थिरता र पानी चुहिन नदिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने सुझाब विज्ञ समूहले दिएको थियो । क्षति पुगेको विद्युत्गृह गांगरदेखि बाँधस्थल लामाबगरसम्मको ११ किमि सडकमध्ये करिब ४ किमि खण्ड अझै खोल्न बाँकी छ । उक्त बाँकी खण्डको काभ्रेभीरनजिकै करिब ३ सय ६० मिटर सुरुङमार्ग बनाउन सुरु भइसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए । भूकम्पले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्मको प्रवेशमार्गको २९ किमि सडकखण्ड बढी प्रभावित थियो । आयोजनास्थल बाढी र पहिरोको जोखिम बढ्न गई ठेकेदारहरूका सबैजसो कर्मचारी र कामदारहरूले निर्माणस्थल छोडेका थिए । प्रवेश मार्ग खुलाउने र कामदारको आवासगृह बनाउन ठेकेदारले सुरु गरिसकेको आयोजनाले जनाएको छ । निर्माणको समग्र प्रगति करिब ८० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।



अझै चुनौती धेरै छन्

विज्ञानप्रसाद श्रेष्ठ, आयोजना प्रमुख

पूर्ण रूपमा काम भइरहेको अवस्थामा गत १२ वैशाखको भूकम्पले आयोजनाको निर्माण प्रभावित भयो । त्यसपछि पनि दोलखालाई केन्द्रबिन्दु बनाएर गएका धेरैवटा पराकम्पनले आयोजनास्थल पुग्ने गांगर–लामाबगर प्रवेशमार्ग अवरुद्ध भयो । निर्माणस्थलमा बस्न असुरक्षित भई ठेकेदारका कर्मचारी र मजदुर आयोजनास्थल छोडी पुन: काममा फर्कन ढिलाइ गर्दा आयोजनाको मुख्य निर्माण कार्य पुन: सुचारु गर्न ढिलाइ भएको हो । तराई मधेसमा भएको आन्दोलन र नाकाबन्दीले पेट्रोल/डिलेज र निर्माण सामग्री अभावले गत फागुनसम्म नै प्रतिकूल असर पर्दा निर्माण समय तालिकामा असर परेको छ ।

आर्थिक वर्ष ०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने गर्ने प्रक्षेपित तालिका छ, तर आयोजना सम्पन्न गर्न अझै पनि प्राविधिक, प्राकृतिक र राजनीतिक तथा सामाजिक चुनौती छन् । यसै वर्षको बर्खाका ३/४ महिना चुनौतीपूर्ण छ । सबै चुनौतीलाई समाधान गरी प्रक्षेपित तालिकामा आयोजना निर्माण गर्न लागिरहेका छौा । यसका लागि सबै सरोकारवाला निकायको सहयोग पनि जरुरी छ । ढिलाइका मुख्य ८ कारण १. गत वर्षको १२ वैशाखको भूकम्पपछि आयोजनाका मुख्य संरचनाको निर्माण ठप्प भएको थियो । भूकम्पपछि आएको बाढी पहिरोले आयोजनास्थल पुग्ने प्रवेशमार्गमा थप क्षति पुग्दा सवारी साधन बन्द भएको थियो ।

आयोजनास्थलमा बाढी र पहिरोको जोखिम बढ्न गई ठेकेदारका सबैजसो कर्मचारी र कामदारले निर्माण स्थल छोडेका थिए । २. गत वर्षको साउनको अन्तिम हप्तादेखि सुरु भएको बन्द हडताल र नाकाबन्दीले डिलेज/पेट्रोल र निर्माण सामग्रीको आपूर्तिमा समस्या भएको थियो । त्यसले गर्दा भूकम्पपछि पुन: काम थाल्न ढिलाइ भयो । ३. विभिन्न सरकारी निकायले निर्माण उपकरण तथा विष्फोटक पदार्थ आयातका लागि सिभिल ठेकेदारलाई अनमति दिन ढिलाइ गरिदिादा (करिब ९ महिनासम्म) निर्माण सुरु गर्नै ढिलाइ भएको थियो ।

४. ०६८ मा सिभिल निर्माणसँग समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका ठेक्का सम्झौता गर्न ढिलाइ हुँदा समग्रमा आयोजनाको समयतालिका बढ्न गएको हो । ५. आव ०७०/७१ मा मुख्य सुरुङको डिजाइन संशोधन गरिएकाले परिवर्तित संरचना निर्माण गर्न थप समय लाग्ने भएको छ । ६. ०७० मा विद्युत्गृहमा देखिएको प्राविधिक समस्या समाधान गर्न र ठेकेदारको आन्तरिक व्यवस्थापकीय कारणले विद्युत्गृह निर्माणमा ढिलाइ भएको (करिब ९ महिना) हो । ७. प्राविधिक कारणले पेनस्टक स्याफ्ट निर्माणमा ठेकेदारको तर्फबाट ढिलाइ (करिब १० महिना) भएको छ । ८. मुख्य सरुङको केही खण्डमा कमजोर भौगर्भिक अवस्थाले कार्य प्रगतिदरमा कमी आएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger