वैशाख, काठमाडौं ।
प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सञ्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सञ्चालकसहित १५ जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले न्युरोडमा मोबाइल पसल सञ्चालन गर्दै आएका सुरेन्द्रकुमार गोयलबाट ५० लाख ६५ हजार नेपाली र एक लाख भारतीय रुपैयाँ, हुन्डीका लागि आएका ग्राहक प्रकाश शर्माबाट १५ लाख १३ हजार ५००, अर्का ग्राहक आकाश देवबाट १२ लाख ६६ हजार रकम प्राप्त गरेकै अवस्थामा बरामद गरेको छ । त्यसैगरी पशुपति प्लाजामा रहेको हंशमनी ट्रान्सफरबाट पाँच लाख, प्रभु मनि ट्रान्सफरबाट तीन लाख ४२ हजार बरामद गरेको छ । त्यस्तै नयाँ सडक क्षेत्रकै प्याफलमा रहेको शङ्कर अग्रवालको पसलबाट २९ लाख ५० हजार, अर्जुन कँडेलबाट ६ लाख ५० हजार, फुर्वा शेर्पाबाट १२ लाख प्रहरीले बरामद गरेको छ । महाशाखाको टोलीले पशुपति प्लाजामा रहेको पूर्णलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सूर्यकुमार शर्माबाट २० लाख, न्यु मारुति इन्टरप्राइजेजका सञ्चालक सन्दिप अग्रवालबाट १३ लाख बरामद गरेको छ । प्रमुख खनालले उनीहरूले अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको र अस्ष्ट्रेलिया, बेलायत, थाइल्याण्ड र युएइमा हुन्डीमार्फत कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । रासस२९ वैशाख, बर्दिया । हरेक आमाबाबु चाहन्छन् कि छोराछोरी बुढेसकालको साहारा बनोस् । ठूलो भएपछि आफूलाई गाह्रो सारो पर्दा हेरिदेओस् ।तर, सबै आमाबाबुको यो आकांक्षा पुरा हुँदैनन् । उनीहरु निर्दयी पनि भइदिन्छन् । बर्दियाको वानियाभार गाविस वार्ड न ४ की ६० वर्षीय मल्ल थरकी एक महिलाको जीवनमा यस्तै भएको छ ।
उनले कहिल्यै सोच्दै नसोचेको घटना भयो । र, आफ्नो छोरा ‘बलात्कारी’ बनेर आए । वानियाभार प्रहरी चौकीमा एक पुरुषले आफ्नै आमालाई कुटपिट गरेको खबर आयो । स्थानीयले खबर गरेपछि प्रहरी टोली पुग्यो । करिव ३/४ महिना अघि मात्र पती गुमाएकी महिलाले उनकै ३० वर्षे छोराले कुटपिट गरेका रहेछन् । कुटपिटका कारण पीडित महिलाको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । सोधपुछका क्रममा पीडित महिलाले जे भनिन्, त्यो सुन्दै कहाली लाग्दो थियो । उनले प्रहरीलाई बताए अनुसार उनका छोराले बुधबार विहान करिव ४ बजे बलात्कारको प्रयास गरेका थिए । उनका श्रीमती माइत गएकी थिइन् । विहानै मदिराले मात्तिएका छोराले आफूलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले रुँदै प्रहरीलाई सुनाइन् । उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पीडित महिलाले दिएको बयान सही देखिएको छ । यद्यपि मेडिकल रिपोर्ट आउन बाँकी छ । आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवकले अझै मुख खोलेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment