Headlines News :
Home » » पेट्रोल चोरीमा नयाँ रहस्योदघाटन, ९ फिट गहिरो सुरुङ खनेर चोरियो तेल....

पेट्रोल चोरीमा नयाँ रहस्योदघाटन, ९ फिट गहिरो सुरुङ खनेर चोरियो तेल....

Written By news on Thursday, 16 June 2016 | 23:24


३ असार, काठमाडौं । लामो सुरुङ खनेर भारतीय आयल निगमको पेट्रोल चोरी भएको रहस्य खुलेको छ । पेट्रोल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

दिल्लीको मुडका इलाकामा ९ फिट गहिरो र २३ फिट लामो एक सुरुङ भेटियो । यो सुरुङ अर्जुनपार्क इलाकाको एक घरभित्रबाट भारतीय आयल निगमको पेट्रोलको पाइपलाइनसम्म पुगेको थियो र विज्रवसन-सोनीपतको मुख्य पाइपलाइनमा प्वाल पारेर खतरनाक तरिकाले तेल चोरी भइरहेको थियो ।

अधिकारीहरुले पाइपलाइनमा प्रेसर कम हुँदै गएपछि शंका गरेका थिए । त्यसपछि भारतीय आयल निगमले प्रहरीमा पेट्रोल चुहावटको उजुरी गरेको थियो । प्रहरीको अनुसन्धानबाट के रहस्योदघाटन भयो भने घर भित्रैबाट लामो सुरुङ खनेर पेट्रोल चोरी भइरहेको छ । प्रहरीले यो पत्ता लगाउँदासम्म लाखौं मूल्य बराबरको हजारौं लिटर तेल चोरी भइसकेको थियो ।

सुरुङमार्फत् तेल चोरेको आरोपमा प्रहरीले जयकुमार, सुदेश गुप्ता र जोगिन्दर भन्ने व्यक्तिलाई पक्राउ गरेको छ । यी तिनैजना दिल्ली निबासी हुन् । प्रहरीका अनुसार सुदेश र जोगिन्दर यसअघि पनि यस्तै तरिकाले राजस्थानको भरतपुरमा तेल चोरेको आरोप पक्राउ परेका थिए ।

प्रहरीबाट पक्राउ गरिएकाहरुले केहि समय अघि मात्रै त्यो घर र वरपरको क्षेत्र भाडामा लिएका थिए । अर्जुन पार्कको जुन भवनभित्रबाट तेल चोरी भइरहेको थियो त्यो भवन जयकुमारले भाडामा लिएका थिए ।

यसअघि पनि भारतको उत्तमनगर क्षेत्रबाट यसैगरी सुरुङ खनेर तेल चोरी भएको पत्ता लागेको थियो र चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger