|
|
एजेन्सी, ३ असार
२६ मार्चका दिन विश्वकै महगों विहे भयो । प्रसंग हो रुसको । रुसको राजधानी मस्कोका एक तेल ब्यापारीकी छोराको बिहेमा एकै रातमा ६६ करोड खर्च भएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । जहाँ बेहुला २८ र बेहुली २० वर्षका थिए ।
अरबौँ पति मिखाइल गुस्तेरीवका छोरा सईद गुस्तेरीवले खादिजा उजहाखोवासँग गरेको विहे विश्वभरका संचार माध्यमलाई पनि समाचारको विषय बन्यो ।
जसमध्ये बेहुलाले अक्सफोर्ड यूनिभर्सीटी र बेहुलीले मस्को यूनिभर्सीटीमा उच्च शिक्षा अध्ययन गर्दै आएका छन् । जुन विश्वमै विरलै मानिसहरुले गर्ने गर्छन् । फोर्ब्सका अनुसार उनको संपत्ति ६ दशमलव ३ बिलियल डलर छ ।समाचारको विषय बन्नुको कारण हो व्यबसायी एवंम् मिडीया कम्पनकिा मालीकले गरेको खर्च र नयाँ प्रयोग ।
बिहेको पार्टीमा हलीउडका चर्चित कलाकारको उपस्थिती रहेको बिहेमा अधिंकाश कुराहरु संसारकै सबैभन्दा महंगा थिए । बिहेमा बेहुलीका लागी पेरीसबाट मगाएर लगाएको १६ लाख भारुको गाउन मुख्य आर्कषण बन्न पुग्यो ।
|
|
Post a Comment