Headlines News :
Home » » उत्तरी आयरल्याण्डको ऐतिहासिक जित, जर्मनी र पोल्याण्डको बराबरीले युक्रेन बाहिरियो ..

उत्तरी आयरल्याण्डको ऐतिहासिक जित, जर्मनी र पोल्याण्डको बराबरीले युक्रेन बाहिरियो ..

Written By news on Thursday, 16 June 2016 | 23:04


युरो अन्तर्गत गएराती भएको समुह सी को दुई खेलमा केही विशेषताहरु रहे। उत्तरी आयरल्याण्डको पहिलो जित, विश्वविजेता जर्मनीको बराबरी, युक्रेन जारी युरोबाट बाहिरिने पहिलो टीम।

पहिलो पटक युरो खेल्दै गरेको उत्तरी आयरल्याण्डले युरोमा ऐतिहासिक जित निकाल्यो। यही समुहको युक्रेन फ्रान्समा जारी युरो २०१६ अन्तर्गत समुह चरणबाटै बाहिरिने पहिलो टीम बन्यो।

बिहिबार राती भएको खेलमा उत्तरी आयरल्याण्डले युक्रेनलाई २–० ले पराजित गर्यो। र उत्तरी आयरल्याण्डको युरो कपमा यो पहिलो जित थियो।
पहिलो खेलमा पोल्याण्डसँग पराजित भएको उत्तरी आयरल्याण्डको लागि प्रतियोगितामा टिकिराख्न युक्रेन विरुद्धक निश्चित जितको आवश्कता थियो र सोही अनुसार उत्तरी आयरल्याण्डले जित निकाल्यो।

मैदानमा पानी र असिना परेर खेल केही समय रोकिएपनि उत्तरी आयरल्याण्डको जितलाई कसैले रोक्न सकेन। पहिलो हाफको खेल बराबरीमा रोकिएपनि दुवै गोल उत्तरी आयरल्याण्डले दोस्रो हाफमा गर्यो।

खेलको ४९ औं मिनेटमा गारेथ म्याकअउलीले गोल गर्दै उत्तरी आयरल्याण्डलाई अग्रता दिलाए। इन्जुरी टाइमको छ्रटौ मिनेटमा नाइल म्याग्गिनले गोल गर्दै उत्तरी आयरल्याण्डलाई जित दिलाए ।

जितसँगै दुई खेलबाट ३ अंक जोडेको उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा छ र अन्तिम १६ को सम्भावना कायमै राखेको छ।

मध्यराती भएको खेलमा विश्व विजेता जर्मनी पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। खेलमा दुवै टीमले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा जित बाट बञ्चित हुनुपर्यो।

जर्मनी र पोल्याण्डले बराबरी खेलेसँगै युक्रेन भने समुह चरणको एक खेल खेल्नु अगाडी नै बाहिरिएको छ।

समुह को पहिलो खेलमा जित हातत पारेको जर्मनी र पोल्याण्डले बराबरी खेलेसँगै समान ४ अंक भएको छ भने उत्तरी आयरल्याण्डको ३ अंक छ। यस्तोमा तीन वटै टीमको अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायमै छ।

अब समुह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने युक्रेन र पोल्याण्ड भिड्नेछन्। यसैबाट समुह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger