|
|
यसैक्रममा एमाओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति निर्माण अभियानका क्रममा सिन्धुली पुगेका श्रेष्ठले बुधबार सञ्चारकर्मीहरुसँग कुराको कुराकानीमा माओवादी लडाकुको सुविधा कटौती गरी प्रचण्डले सो रकम हिनामिना गरेको खुलासा गरेका हुन् ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेको श्रेष्ठले एमाओवादीमा हुने गरेको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको उनको आरोप छ ।
प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व लडाकुको सात अर्ब रुपैयाँ अनियमितता गरेको उनको दावी छ
|
|
Post a Comment