Headlines News :
Home » » त्यस बेला ध्यान दिएको भए अहिले निर्दोष भाइ गुमाउने थिएनौ..

त्यस बेला ध्यान दिएको भए अहिले निर्दोष भाइ गुमाउने थिएनौ..

Written By news on Friday, 24 June 2016 | 00:28


आज पनि सारा नेपाली शोकको शन्नाटाले छोपी रहेको बेलामा मेरो निर्जीव कलमस्थिर रहनै मानेन ।

गरिबी र बेरोजगारले ग्रस्त भएको मेरो देश नेपालबाट प्रदेश हिँडेका हामी नेपालीहरुको उदेश्य नै केही थोरै भएनी गरिबी र बेरोजगार बाट उन्मुक्ति पाउछु कि भन्ने हो । त्यही झिनो आशाको पोको पन्टुरो बेकेर हिड्नु हाम्रो रहर हैन बाध्यता हो । यहि बाध्यताको लक्ष्मण रेखा भित्र कहाली लाग्दा धेरै घटना निशब्द खेप्नु परिरहेको ईतिहास बिरासत छ ।

अफसोच आज पनि हामीले त्यस्तै कहाली लाग्दो घटनाको संघारमा उभिन पुग्यौं । जताततै सामाजिक सञ्जालको प्रखाल त्यही घटनाले पोतियको छ । यो घटनाले आज कस्को मन मुटु नरोको होला र ? मुटु भक्कानिएको छ आँखा बाट अश्रुपातका अबिरल बहेका छन ।

मन मुटु पल पल फुटाउदै अविरल अश्रुपात हुदै बोल्न नचाहने भाषा हार्दिक श्रद्धाञ्जलि बोल्न बाध्य भएका छौ ।

यस्तै वियोगान्त घडीमा जुन आज केपी ओली नेतृत्वको सरकारले कदम चाल्यो त्यो अति नै सम्मान जनक र प्रशंसा योग्य छ । सरकारको यस्तै यस्तै कारणले आज म खुकेरै प्रशंसा गर्दछु । राम्रो कामलाइ राम्रो भनेर प्रशंसा गर्नु बुद्धिमान हो तर राम्रो कामलाई नराम्रो भन्नु मुर्खता हो ।

ओली सरकारले नाकाबन्दीदेखि गरेका हरेक कार्य हेर्ने हो भने राष्ट्र र जनताको हितमा मात्रै नभएर राष्ट्रिय स्वामित्वलाई मध्य नजर गरेर चलेको कदमप्रति धेरै खुशी लागेको पनि हो । यस्तो सरकारलाई हामी जुटेर सहयोग गर्नु उपयुक्त हुन्छ । फेरि मैले यसरी भनिरहँदा केपी ओलीको हनुमान पनि भन्नु होला । यो सरासर गलत हुनेछ ।

हामी नेपालीले त्यो मानसिकतालाई शल्यक्रिया गरी फाल्दिउ, कि म फलानो पार्टीको मान्छे फलानो पार्टीलाई समर्थन गर्न उपयुक्त हुदैन भन्ने र कोहि कसैले कुनै पार्टीको कामलाई प्रशंसा गर्यो भन्दैमा हचुवा मै अनेक संज्ञा भिडाउने ।

यहाँ पार्टीको कुरो भन्दा पनि काम हेरौ । मेरो मान्यता चाहिँ, चाहे त्यो दुश्मन किन नहोस यदि राम्रो काम गर्छ भने खुलेर प्रशंसा गर्नु पर्छ भने चाहे आफ्नै बाउ भएपनि नराम्रो काम गर्छ भने घोर बिरोध गर्नु पर्छ भन्ने हो । यसै त भन्ने हो भने म आज सम्म कुनै पार्टीलाई मतदान गरेको छैन र कुनै पार्टीको पूजा गर्दै हिँडेको पुजारी पनि हैन ।

एकचोटि त्यही बिगतको एउटा घटना सोचौ त । इराकमा हाम्रा १२ जना नेपाली १२ दिनसम्म अपहरणमा राखी हत्या गर्दा त्यो बेलाको सरकारले वास्ता गरेको भए ती हाम्रा निर्दोष भाइ हामीले गुमाउने थिएनौ ।आज त्यही देशको सरकारले ४८ घन्टा नबित्दै अफ्गानिस्तानमा त्यही आतंकबादीले मारिएको नेपालीको शव नेपाल आईपुग्दा, आज पीडामा भक्कानिदै खुलेरै प्रशंसा गर्न मन लाग्छ ।

लाग्यो सरकारले चाहने हो भने असम्भव के नै रहेछ र । आज म साथै नेपाली जनताले प्रष्ट बुझे नेपाली जनता प्रति सरकारले गरेको जिम्मेवारी पनि ।

प्रशंसा मात्र हैन आज ओलीलाई हामी अनुरोध पनि गर्न चाहन्छौं, कि ओली ज्यू यस्तै जनताको पक्षमा काम गर्दै जानुस हामी सधै तपाइको साथ दिने छौ । हामीले अझै बिर्सेका छैन हिजो भारतीय बिस्तारबादले गरिएको नाकाबन्दीको पीडा अनि पानीसंग चिउरा मिलाएर खाएको पीडा त्यसैले नझुक्नुस साम्राज्यवाद र बिस्तारबादीहरु को अगाडि । नेपाली जनता तपार्इको साथ हुनेछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger