Headlines News :
Home » » भाइबरले नेपालमा लगानी गर्ने

भाइबरले नेपालमा लगानी गर्ने

Written By news on Friday, 24 June 2016 | 00:39


१० असार, काठमाडौं ।
 सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा सम्बोधन गर्दै उनले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेको बताए । प्रयोगकर्तालाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन भाइबरले नयाँ र विशेष स्टिकर प्याक सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेन्जर एप्प भाइबरले यो वर्षको सुरुवातदेखि नै स्थानीय भाषामा स्टिकर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको पनि घोषणा गरेको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइबरले नेपाललाई आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको उनको दाबी छ । यही सफलतासँगै भाइबर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल सञ्चार एप्स्को रुपमा स्थापित हुने उनले बताए ।

हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपाली बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेको जानकारी गराउँंदै पब्लिक च्याटमा प्रयोगकर्ताले सेलिब्रेटी, प्रेरक र ब्रान्डलाई पछ्याउन सक्ने पनि बताए । माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटी लगायत पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फ्लोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीको दिनचर्या, जीवनशैलीबारे सुटुक्क चिन्हाउन सक्नेछन् ।
पब्लिक च्याटमा जोडिँदै पूर्वमिस नेपाल अर्थ २०१२, नगमा श्रेष्ठले यो नौलो र रमाइलो हुनुका साथै भाइबरबाट आफ्ना विचार अद्यावधिक गर्न र तिनलाई विश्वसमक्ष पु¥याउन सजिलो भएको बताइन् ।
‘मेरा फ्यानहरु अब मेरो गीत संगीत र सिर्जनालाई सजिलै पछ्याउन सक्छन्, यो उनीहरुका लागि वास्तवमै खुसीको कुरा हो,’ चर्चित पप गायक निमा रुम्बाले भने, ‘भाइबरको यो नयाँ सुविधाले गर्दा विशाल संसारसँग सम्बन्ध कायम राख्न र पब्लिक च्याटमा धेरै साथीहरुलाई निमन्त्रणा दिन सक्छन् ।’
यस्तै, नेपाली फिल्म जगतकी चर्चित नायिका ऋचा शर्माले भाइबर पब्लिक च्याटमा आफूलाई पेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित भएकी भन्दै यसले उनलाई गहन अनुभूति दिलाएको बताइन् । पब्लिक च्याटले ब्रान्ड र सेलिब्रेटीलाई उनीहरुको फलोअरसँग अत्यन्त नजिकको निजी सम्बन्ध बनाइ राख्न मद्दत गर्ने उनले बताइन् ।

प्रयोगकर्तामाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवका रुपमा मनाउन भाइबरले १० हजार नेपाली रुपेैयाँ बराबरका स्टिकरको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई मनमोहक डिजाइनले प्रयोगकर्तामाझ बृहत् संवेदना पनि प्रवाह गर्छ । भाइबरले यही सफलतालाई मध्यनजर गर्दै र नेपाली ग्राहकको रुचीलाई ध्यान दिँदै यहाँका स्थानीय सेवाप्रदायकसँग सहकार्य गर्न आगामी केही महिनामै नेपालभर आफ्नो सेवा विस्तार गर्र्ने योजना बनाइरहेको छ ।नागरिक न्युजबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger