Headlines News :
Home » » कारुणिक जीवनकथा: उत्कृष्ट नतिजा..

कारुणिक जीवनकथा: उत्कृष्ट नतिजा..

Written By news on Thursday, 23 June 2016 | 23:42


यस वर्षको एसएलसीमा सर्वोत्कृष्ट अंक जीपीए ४ ल्याएर रूपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियाकी समीक्षा सुवेदी चर्चामा छिन्। एसएलसी बोर्ड टपको घोषणा गर्ने व्यवस्था २०६२ सालदेखि सरकारले बन्द गरे पनि अनौपचारिक रूपमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीको चर्चा गर्ने क्रम भने जारी छ।
समीक्षाले ६ महिनाको उमेरमै अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा आमा गीता सुवेदीलाई गुमाएकी थिइन्।बस पल्टेपछि आमाले समीक्षालाई झ्यालबाट झाडीमा फालेकी थिइन्।त्यस क्रममा उनका दुवै खुट्टा भाँचिएका थिए।पछि उपचार गरेर उनी निको भइन्।
उनलाई हजुरबुबा र हजुरआमाले जन्म दिने आमाले जस्तै मायाममता दिएर हुर्काए।यस्तो कारुणिक पृष्ठभूमिका कारण पनि समीक्षाको उपलब्धि यतिबेला सबैलाई खुसीको क्षण बनेको छ।प्रस्तुत छ, समीक्षासँग अन्नपूर्णकर्मी महेन्द्र थापाले गरेको अन्तरसंवाद
आफ्नो परिचय र आफूले पढेको विद्यालयबारे भनिदिनुस् न।
मेरो जन्म २०५६ साल कात्तिक ११ गते रूपन्देही मुर्गियाको सिसौडाँडामा भएको हो।नर्सरी कक्षा यहींको ग्यालेक्सी बोर्डिङमा पढें।त्यसपछि मुर्गियाकै सुनगाभा पब्लिक उच्चमाविमा यूकेजीदेखि १० कक्षासम्म पढें।सुनगाभाले नै मलाई यो उपलब्धि दिलायो।
यसअघि कक्षामा तपाईंको स्थान कहाँ थियो?
म चार वर्षको उमेरदेखि विद्यालय गएकी हुँ।नर्सरीदेखि कक्षा १० सम्मै दोस्रो भएको, शुल्क तिरेको र कापीकिताब किन्नुपरेको अनुभव छैन।पुरस्कारस्वरूप सिल्ड, कापी, किताब र प्रमाणपत्रको भारी बोकेर घर आउँदा परिवारमा असीम हर्ष देखिन्थ्यो।कक्षा पाँचसम्म विद्यालय प्रथमसमेत हुन्थें।मेरो उपलब्धिमा सबैभन्दा बढी खुसी हजुरबुबा हुनुहुन्थ्यो।
-तपाईंलाई जन्मदिने आमासरह मायाममता कसले दियो?
हजुरबुबा र हजुरआमाले।बढी हजुरबुबाले।रजस्वला हुन थालेपछिमात्र हजुरबुबाको बिस्तरामा सुत्न छोडेकी हुँ।परिवारका सदस्यमध्ये पहिलो सम्झना गर्नुपर्दा हजुरबुबालाई नै सम्झन्छु।त्यसपछि बुबा, सानीआमा, फुपू, परिवार र आफन्त सबैले मलाई उत्तिकै माया र स्नेह दिनुभएको थियो।
-आमा गुमाएको कुरा कहिले थाहा पाउनुभयो ?
जान्ने भएपछि थाहा भयो।घरमा आउने आफन्तजनले त्यो घटना सुनाएर मलाई मायाममता दिनुहुन्थ्यो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger