Headlines News :
Home » » पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो..

पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो..

Written By news on Wednesday, 29 June 2016 | 00:56


नुवाकोट –
 नुवाकोटको बुङताङमा बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।
बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।|
पहिरोमा परी एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger