|
|
असार १५, २०७३-
टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए । प्रधानमन्त्री बिनाली यील्ड्रिमका अनुसार प्रारम्भिक अनुसन्धानले हमलामा आइएसको संलग्नता रहेको देखिएको छ ।
अाक्रमणपछि विमानस्थललाई पूर्णरुपमा बन्द गरिएकाे छ । यस्तै अमेरिकाले टर्की जाने र अाउने सबै फ्लाइटलाई ग्राउन्डेड गरेकाे छ ।
|
|
Post a Comment