Headlines News :
Home » » भारतले रोक्यो नेपालको इलाममा तीन महिनाका लागि पर्यटक आवगमन..

भारतले रोक्यो नेपालको इलाममा तीन महिनाका लागि पर्यटक आवगमन..

Written By news on Thursday, 30 June 2016 | 02:15


भारतीय सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपान्डाको प्रजनन समय भएको भन्दै इलामको सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।


पर्यटकको हो–हल्लाले रेडपान्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पर्यटक आउजाउमा प्रतिबन्ध लगाएको हो ।

पार्कले जुन १५ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाएको हो । इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको जौबारीका होटल व्यवसायी पेम्वा शेर्पाले बताए।

कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका थिए ।

नेसनल पार्कले तीन महिनासम्मका लागि पदमार्गमा प्रतिबन्ध लगाएपछि ट्रेकिङमा हिँडेका पर्यटक समस्यामा परेका छन् ।

दुर्लभ रेडपान्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएकाले मानवीय क्रियाकलापमा प्रतिबन्ध लगाएको नेसनल पार्कले जनाएको छ । पार्कले सूचना टाँस गरी तुम्लिङ–फालोट क्षेत्रको ४२ किमीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ । पर्यटकको हल्लाले वन्यजन्तुको प्रजनन र यौन क्रियाकलापमा बाधा पुग्ने भएकाले तीन महिनासम्म आवतजावत बन्द गर्ने गरेको सीमा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् ।

भौतिक पूर्वाधारको अभावमा सीमावर्ती पर्यटकीयस्थलमा भारतको सिंहलीला नेसनल पार्क हुदै सयौँ पर्यटक आउने गरेका थिए । नेसनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवागमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।

कञ्चनजङ्घा, सगरमाथालगायतका हिमश्रिङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी हिमाली जीवनशैलीलगायतको अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खेप्न पहिलेदेखि नै बाध्य भएका छन् । पार्कको सिको गर्दै इलामको जमुनास्थित चोयाटार सामुदायिक वनले समेत रेडपान्डाको प्रजनन समयमा पर्यटकलाई प्रतिबन्ध लगाउन थालेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger