Headlines News :
Home » » विमलकी बहिनी मनिषाको हत्या प्रेमी आशिष चौधरीले गरेको प्रमाणीत..

विमलकी बहिनी मनिषाको हत्या प्रेमी आशिष चौधरीले गरेको प्रमाणीत..

Written By news on Monday, 20 June 2016 | 02:07

विमलकी बहिनी मनिषाको हत्या प्रेमी आशिष चौधरीले गरेको प्रमाणीत, चौधरीलाई ज्यानमुद्दा लगाईदै


काठमाडौं,६ असार ।

 नेपाली फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्यारा पत्ता लागेको छ । विगत तीन सातादेखी प्रहरीले गरेको अनुसन्धानपश्चात उनकै प्रेमी आशिष चौधरीले हत्या निष्कर्ष निकालेको हो । मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । चौधरीले हत्या गरेको पुष्ट भएपछि उनीविरुद्ध नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार असार २ गते घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेको जानकारी गराए ।

प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो ।

घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो, मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने उनको भनाई छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger