Headlines News :
Home » » कपिलवस्तुमा अपरिचित व्यक्तिको मृत्यु, आफन्त पत्ता लागेनन्>>हेर्नुहोस

कपिलवस्तुमा अपरिचित व्यक्तिको मृत्यु, आफन्त पत्ता लागेनन्>>हेर्नुहोस

Written By news on Monday, 20 June 2016 | 01:44


६ असार, तौलिहवा ।

 कपिलवस्तुको पकडी गाविसमा अपरिचित एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।बोल्न नसक्ने र दायाँ हात नचल्ने अन्दाजी ६५ वर्षीय पुरुष पकडी गाविस-२ स्थित छत्रदेवी प्राविको परिसरमा फेला परेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएकामा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको सनाखत भएको छैन । सनाखत गर्न सजिलो होस् र आफन्त पत्ता लागुन भन्ने उद्देश्यले प्रहरीले आ-आफ्ना वडा एरियामा मृतक व्यक्तिको हुलिया पठाएको छ ।

मधेसी समुदायको जस्तो देखिने ति व्यक्ति गहुँ गोरो वर्णको छन् । सेतो गन्जी र खैरो उनिको ट्राउजर लगाएको, कपाल फुलेको, बायाँ हातमा स्टिलको चेन र दायाँ हातमा एचएमटी घडी लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जमा शव भेटियो

यसैबीच नेपालगञ्ज-१३ भृकुटीनगरमा एक युवकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक विरबहादुर थापाले दिएको जानकारीअनुसार सुर्खेतरोडबाट करिब ३ सय मिटरको दुरीमा नेपालगन्ज-२१ जयसपुरका १८ वर्षीय राजबाबु पठानको शव भेटिएको हो ।

प्रहरी निरीक्षक थापाले मृतक पठानको शवको अवस्था र घटनास्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले घटनास्थल सुक्ष्मरुपले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रहरीका अनुसार सो घटना मध्यरातमा भएको अनुमान छ । मृतकको टाउको हातखुट्टा र शरिरमा लठ्ठी र धारीलो हतियारको प्रयोग भएको पाइएको छ ।

उनले घटनास्थलबाट हत्यामा प्रयोग भएको हुनसक्ने केही लठ्ठी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा पठाइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger