Headlines News :
Home » » यसरी पूरा हुँदैछ ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गरेको योजना ..

यसरी पूरा हुँदैछ ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गरेको योजना ..

Written By news on Monday, 27 June 2016 | 02:07

काठमाडौं, १३ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषदको बैठकमा पहिलो निर्णय थिए । त्यो थियो देशभरका तुईन विस्थापित गरी झोलुङ्गे पुल बनाउने ।

ओलीले सरकार सम्हालेको ६ महिना पूरा भइसकेको छ र धेरै ठाउँमा झोलुङ्गे पुल बनिसकेका छन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले सरकारको नीति अन्तर्गत देशका सबै तुइन विस्थापित गर्ने उद्देश्यले काम गरिरहेको विभागका पुल महाशाखा प्रमुख अमृत श्रेष्ठले जानकारी दिए ।

पाँचथरमा पनि बन्यो झोलुङ्गे पुल


सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको उत्तरपूर्वी मेमेङ गाविस वडा नं ३ र ६ जोड्ने बडारे झोलुङ्गे पुलको निर्माणकार्य सकिएको छ ।

जिल्ला विकास समिति पाँचथरको रु १७ लाख १३ हजारको सहयोगमा पुल निर्माण गरिएको कार्यालयका इन्जिनियर प्रेम काफ्लेले जानकारी दिए ।


त्यस ठाउँमा पुल बनेपछि मेमेङ–३ र ६ नं वडाका दुई सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नबन्दा त्यस भेगका सर्वसाधारण खोलामा रहेको जीर्ण अवस्थाको काठे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयवासी वीरेन्द्र केरुङले बताए ।

उनले भने – ‘पुल नबन्दा भत्किन लागेको काठे पुल त कहिले खोलाबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ, वर्षात्को समयमा त झन समस्या थियो, तर अहिले पुल बन्यो हामीलाई धेरै सहज भएको छ ।’



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger