Headlines News :
Home » » काबुल घटनाबारे क्यानडा सरकारलाई नेपालले सोध्यो तीन प्रश्न ..

काबुल घटनाबारे क्यानडा सरकारलाई नेपालले सोध्यो तीन प्रश्न ..

Written By news on Saturday, 25 June 2016 | 21:56


काठमाडौं ।
 १३ जना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाबारे सरकारले क्यानडा सरकारसँग कुराकानी थालेको छ ।

नेपाली अधिकारीहरुले दिल्लीस्थित क्यानाडेली उच्चायुक्तसँग नेपालको चासो प्रस्तुत गरेका छन् भने क्यानाडाका लागि नेपाली राजदूतले छिट्टै त्यहाँको परराष्ट्र मन्त्रालयमा नेपालीहरु चासोहरु प्रस्तुत गर्ने बताइएको छ ।


गत सोमबार काबुलमा भएको तालिबानको आक्रमणमा १३ नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । घटनामा मारिएका नेपालीहरु बेलायती सुरक्षा कम्पनीमार्फत अफगानिस्ता गएका हुन् । तर, उनीहरु क्यानाडेली दूताबासको सुरक्षामा खटिएका थिए र ड्युुटीमा जाने क्रममा आक्रमणमा परेका हुन् ।
मृतकहरुको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ भने पाँच जना घाइतेको भारतमा र एकको काबुलमै उपचार भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराव पौडेलले बीबीसी नेपाली सेवासँगको कुराकानीमा काबुल घटनाबारे क्यानडा सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको बताए । नेपाल सरकारको चासो घटना कुन परिस्थितिमा भयो ? पीडित पक्षको क्षतिपूर्ति र नेपाली सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान पुग्यो कि पुगेन भन्ने रहेको उनले बताए ।

‘उद्धारको काम सकिएपछि काबुल घटना कुन अवस्थामा भएको हो, यसबारे क्यानडा सरकारको धारणा के छ भन्ने चासो छ, प्रवक्ता पौडेलले भने, ‘मतक र घाइते प्रति कस्तो दृष्टिकोण लिइरहेको छ भनेर बुझ्ने काम गरेका छौं ।’

काबुलमा मारिएका १३ जनाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger