Headlines News :
Home » » अँध्यारोमा स्मार्टफोन चलाउनुहुन्छ? जीवनभर दृष्टि गुम्न सक्छ !

अँध्यारोमा स्मार्टफोन चलाउनुहुन्छ? जीवनभर दृष्टि गुम्न सक्छ !

Written By news on Saturday, 25 June 2016 | 22:16


राति सुत्ने समयमा अँध्यारोमा स्मार्टफोन चलाइरहने बानी छ भने तुरुन्तै त्याग्नुहोस्। अँध्यारोमा धेरै समयसम्म स्मार्टफोन चलाइरहने बानीले तपाईको दृष्टि जीवनभरका लागि गुम्न सक्छ। ‘न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ले हालै सार्वजनिक गरेको रिपोर्टमा यो कुराको उल्लेख गरिएको छ।

रिपोर्टमा जनाइएअनुसार २२ वर्षकी एक युवती र ४० वर्षीया महिलाले दृश्य क्षमता कमजोर भएको गुनासोसहित डाक्टरहरुसित परामर्श गर्ने क्रममा यस्तो कुरा खुलासा भएको हो। २२ वर्षकी युवतिले राति सुत्नुअघि लामो समयसम्म इन्टरनेट चलाउने गर्थिन् भने ४० वर्षीया महिलाले बिहान उठ्नुअघि नै इन्टरनेटको माध्यमबाट समाचारहरु पढ्ने गर्थिन्।

 दुवैले यो बानीलाई १ वर्षसम्म निरन्तरता दिए। डाक्टरहरुले स्मार्टफोन धेरैबेरसम्म नचलाउन सुझाव दिए। पछि स्थिति गम्भिर भयो। डाक्टरहरुले सो अवस्थालाई ‘ट्रान्जिएट स्मार्टफोन ब्लाइन्डनेस’ भनेर नाम नै दिए। अँध्यारोमा पल्टेर धेरै बेरसम्म स्मार्टफोन चलाइरहने बानीले दृष्टिविहीन नै बनाउने डाक्टरहरुले सुझाएका छन्। यस्तो अवस्थामा आँखाको रेटिनामा असर पर्दछ।

असर बढ्दै गएमा केही समयमा आँखाले देख्न छोड्छ। डाक्टरहरुको ठूलो प्रयासले गर्दा उनीहरुको स्थिति केही सुधारियो। तर अवस्था गम्भिर भएमा प्रत्यारोपणविना समस्या सुल्झाउन नसक्ने परिस्थिति पनि आउने डाक्टरहरुको भनाई छ।

डाक्टरहरुले प्रत्येक्ष रुपमै यस्ता बिरामी भेटेको घटना यो पहिलो भएको बताइएको छ। तर युनिभर्सिटीका अध्ययनहरुले यसअघि नै यो कुराको खुलासा गरेका थिए। ‘नोटिङ्गम युनिभर्सिटी’ले अध्ययनमा पत्ता लगाएको थियो कि लगातारको स्मार्टफोनको प्रयोग सबै ज्ञानेन्द्रीय अंगहरुको लागि घातक छ।

स्मार्टफोनको लाइट र रेडिएसनको रियाक्सनले आँखामा समस्या निम्त्याएका बिरामीहरु नै बढ्न थालेपछि विकसित यो प्रविधिलाई स्वयम्ले नियन्त्रण गर्नुपर्ने चुनौति थपिएको छ। स्मार्टफोनबाट हुने साइड इफेक्टका बिरामीहरु हाल बढ्न थालेको भन्दै डाक्टरहरुले यसको प्रयोगमा सतर्क रहन आग्रह समेत गरेका छन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger