Headlines News :
Home » » गगन थापा भन्छन्‐ कांग्रेस भारतको इशारामा चल्ने पार्टी हो..

गगन थापा भन्छन्‐ कांग्रेस भारतको इशारामा चल्ने पार्टी हो..

Written By news on Saturday, 25 June 2016 | 21:51


काठमाडौ २३ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी कठपुतली भएको र अन्तैबाट चलेको बताएका छन् । सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिने निर्णय घातक हुने बताएका छन्।
पार्टी सभापतिज्यूसँग प्रधानमन्त्री जित्ने संख्या पनि छैन र एजेण्डा पनि छैन, बहुसंख्यक केन्द्रीय समिति सदस्यको चाहना पनि उहाँलाई प्रधानमन्त्री बनाउने छैन । तर पनि उहाँ उठ्नुले पार्टी अन्तैबाट परिचालित भएको पुष्टि गर्न बल पुगेको बताए।
उनी भन्छन्‐ ‘हामी हाम्रै पार्टीमा छौं वा अरूको इशारामा चल्ने पार्टी भित्र छौं अन्योल भयो,’ उनले प्रष्ट शब्दमा भारतको इशारामा पार्टी नेतृत्व चलेको आरोप साँचो ठहर्ने गरी आकस्किक रूपमा सभापति पुनः प्रधानमन्त्री बन्ने निर्णय आएको बताए।
उनले संविधान संशोधन गरेर मधेसका जायज चासोलाई सम्बोधन गर्नेलगायतका पार्टीका स्पष्ट एजेण्डा राखेर एमालेलाइ प्रधानमन्त्री बनाउन सघाउनु पर्ने आफू लगायतका नेताले बैठकमा मत राखेको बताए।
‘सभापतिज्यूले हिजोसम्म प्रधानमन्त्री बन्ने चाहना खुलाउनु भएको थिएन,’ थापाले भने ‘सार्वजनिक रूपमै उहाँले पुनः प्रधानमन्त्री नबन्ने बताउँदै आउनु भएको थियो,तर एकाएक वहाँ नै प्रधानमन्त्री बन्ने निर्णय कसरी भयो अच्चमै छ।’
थापाका अनुसार हिजोको बैठकमासमेत वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापती रामचन्द्र पौडेल दुबैजना प्रधानमन्त्रीका आकांक्षी थिए। तर तीनजना नेता गोप्य बैठकमा बसेर सभापति नै उम्मेदवार बन्ने निर्णय के आधारमा लिनुभयो हामीले थाहा पाएनौं । थापाले भद्र सहमति अनुसार पनि एमालेलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्नेमा पार्टीमा धेरैको धारणा रहेको बताए।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger