|
|
पोल्याण्डसँग भिड्ने
पोर्चुगल युरोकप- २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आइतबार बिहान पोर्चुगल र क्रोएसियाबीच भएको खेलमा क्रोएसियालाई १-० ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित ९० मिनेटको समयमा दुबैपक्षबीच गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पोर्चुगलका सब्सिच्युट खेलाडी क्वारेश्मा १ गोल गरेका थिए । उनले खेलको ११७ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई क्वार्टरफाइनलमा पुर्याए ।
पोर्चुगललाई दबाबमा राखेको क्रोएसियाले केही राम्र सटहरु प्रहार गरे पनि गोलमा परिणत हुन सकेन ।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलमा जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७ औं मिनेटमा क्वारेश्मा मैदान छिरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएसिएका किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेश्माले हेड गर्दै बललाई जाली चुमाएका थिए ।
पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैबीच पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारित तथा अतिरिक्त समयसम्म पोल्याण्ड र स्विट्जरल्याण्डले १-१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा पोल्याण्डले स्विट्जरल्याण्डलाई ५-४ ले हरायो ।
|
|
Post a Comment