Headlines News :
Home » » मैदानमा पादेपछि खेलाडीलाई यस्तो सजाय....

मैदानमा पादेपछि खेलाडीलाई यस्तो सजाय....

Written By news on Friday, 24 June 2016 | 03:30



एजेन्सी,१० असार ।
स्वीडेनका एक फुटबल खेलाडीलाई मैदानमा पादेको भन्दै रेफ्रीले रेड कार्ड दिएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने जार्ना एसके टिमका खेलाडी एडम लिन्डिनले परसाजेन एसके क्लबविरुद्ध भएको खेलका दौरान पादेको भन्दै दोहोरो पहेँलो कार्ड पाएका हुन् ।
रेड कार्ड पाएर मैदानबाट बाहिरिएपछि एडमले खेल हुनु अघि नै आफ्नो पेटमा गडबढी भएको र पेटमा ग्यास जमेकाले छोडिदिएको बताएका छन् । उनले यसै कारण आफूले रेड कार्ड पाउनु निकै अनौठो र दुःखद भएको प्रतिक्रिया दिएका छन् ।उनले भनेः‘ म स्तब्ध भएँ, फुटबलमा यस्तो घटना मैले कहिल्यै सुनेको पनि थिइन र सुन्नु पनि नपरोस्।’
उनले भनेः‘ मैले रेफ्रीलाई पनि सोधेँ, पेट दुखेको बेला मैले हावा छोड्न पनि नपाउनु ? यसमा मेरो केहि गल्ती छ भन्ने मलाई लाग्दैन तर रेफ्रीले आफूप्रति लक्षित गरेर पादेको भन्ने सोचे होलान् तर मैले त्यस्तो गरेको होइन’ एडमले भने । रेड कार्ड पाउने बित्तिकै आफूले रेफ्रीसँग कुरा गरेको तर त्यस्तो नराम्रो शब्दसमेत केहि प्रयोग नगरेको उनले बताएका छन् ।
रेफ्री ड्यानी काकोले भने आफूले रेर्ड कार्ड दिनु जायज भएको बताएका छन् । ‘उनले अनावश्यक रुपमा जानिजानि मेरो अगाडि नै पादेका थिए, रेफ्रीले भनेः‘निकै अनावश्यक रुपमा उनले मेरै अघि जिस्काय जसरी पाद्नु अनुशासनहिन काम हो ।’
विपक्षी परसाजेन क्लबमा क्रिस्टोफर लिन्डेले पनि फुटबल खेलमा आफैले निकै अनौठो घटना देख्नुपरेको प्रतिक्रिया दिएका छन् ।‘ म केही पछाडि नै थिएँ, तर पादेको आवाज मैले पनि प्रष्टसँग सुनेको थिएँ । त्यसैका लागि रेर्ड कार्ड दिँदा भने मलाई पनि अचम्म लाग्यो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger