|
|
असार १०, २०७३-
अत्यधिक वर्षापछि घरघरमा पानी पसेपछि पानीको निकासको माग गर्दे सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ९ का स्थानीय वासिन्दाले राजविराज–भारदह सडकखण्ड बिहानवाट अवरुद्ध बनाएका छन् ।
राजविराजको तेतरीगाछी चौकमा भेला भएका स्थानीय बासिन्दाले वाटो अवरुद्ध बनाएका हुन् । बाटो अवरुद्ध हुँदा सदरमुकामबाट बाहिरिने र भित्रिने सवारी साधन त्यही रोकिएका छन् ।
चारदिनदेखि अत्याधिक वर्षा हुँदा राजविराज ९ तेतरी गाछी चौकदेखि दक्षिणको टोलमा घरघरमा पानी पसको छ । स्थानीय बासिन्दा गएरातिदेखि जाग्राम बस्न बाध्य भएको वडा नागरिक मञ्चका संयोजक चन्दन यादबले जानकारी दिए ।
हिजो साझदेखी कसैका घरमा पनि खाना पाकेको छैन । टोलबासी भोकै बस्न बाध्य भएका छन् ।
पानी रोकिने सम्भावना अझै नरहेकाले उनीहरू घरमा पस्न सक्ने स्थिति छैन । खाद्यान्न, लत्ताकपडालगायतका सामान घर भित्रै पानीमा डुबेको छ । केही स्थानीय घरभित्र पानीमाथि खाट राखेर घरको सुरक्षामा छन् ।
वर्षाको पानीले बस्ती नै डुबानमा पारेपछि पटकपटक निकासका लागि सरकारी निकायलाई गुहार्दा पनि कतैवाट सुनुवाई नभएपछि बाध्य भएर चक्काजाम गर्नुपरेको स्थानीयले बताएका छन् ।
राजविराज–कुनौली सडक अबरुद्धै
अत्याधिक वर्षापछि खाडो खोलामा आएको बाढीले बन्दै गरेको पुल बगाएपछि सप्तरीको राजविराज–कुनौली भन्सार सडकखण्ड अझै अबरुद्ध नै छ । सदरमुकामलाई भारतसित जोडने एकमात्र उक्त वाटो अबरुद्ध भएपछि भारतीय क्षेत्रमा आउजाउ गर्ने सर्वसाधारण समस्यामा परेका छन् भने आयात निर्यात समेत ठप्प भएको छ ।
बुधवार साझवाट नै उक्त वाटो अबरुद्ध भएको हो । अत्यधिक वर्षापछि खाडो नदीमा बढी आएपछि तिलाठी ८ स्थित निर्माणाधिन पुल भएको स्थानमा सडकवाटै पानी बग्न थालेपछि आवागमन अबरुद्ध भएको प्रहरी चौकी भन्सारका प्रहरी हवल्दार नरेश आलेले जानकारी दिए ।
|
|
Post a Comment