|
|
काठमााडौ १० असार ।
सुनको मूल्य आज शुक्रबार एकैदिनमा ३ हजार रुपैयाँ बढेको छ । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकैदिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो ।
यो साता सामान्य घटबढ भइरहेको सुनको एकैपटक मूल्यमा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहिरिएसँगै त्यसको असर सुनमा परेको हो । सेयर बजारमा पाउण्ड स्र्ट्लिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा पनि असर परेको हो ।
नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको पहिलो पटक हो । । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।
यसैबीच आज चाँदीको पनि प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतिलोलमा किनबेच भएको चाँदी ८ सय २० रुपैयाँ कायम भएको छ ।
|
|
Post a Comment