
अखबर पाना,,,अमेरिकी सेनाको एक टोली सोमबारदेखि जिल्लामा व्यस्त छ । भूकम्पका बेला उद्धारमा खटिएको अमेरिकी हेलिकप्टर यूएच१–वाई हुवे दुर्घटनामा मारिएका सहकर्मीको स्मृतिमा काम गर्ने उद्देश्यले उनीहरू आएका हुन् । सुन्द्रावतीस्थित कालिनाग उच्चमाविमा काम गर्नेबारे उनीहरूले वस्तुस्थिति बुझेका छन् । विद्यालयका अनुसार मंगलबार उनीहरूले पर्यटकीय क्षेत्र कालिञ्चोकको पदयात्रा गरेका छन् । १३ जनाको पहिलो टोलीले सुन्द्रावतीलाई नै मुकाम बनाएको छ । ‘मानवीय सहायता गर्दै केही दिन सुन्द्रावतीमा बिताउने छौं,’ नेपाली बोल्न सक्ने एक सैनिकले भने । सबैगरी ३५ अमेरिकी सैनिक दोलखा आउने जानकारी प्राप्त भएको चरिकोटस्थित रणभीम गणले जनाएको छ । दोलखा केन्द्रविन्दु बनाएर गएको ०७२ वैशाख २९ को भूकम्पलगत्तै सिंगटी बजारबाट घाइते लिएर उडेको उक्त हेलिकप्टर दोलखा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा दुर्घटनामा परेको थियो । जसमा परी ६ अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भएको थियो । सैनिक स्रोतका अनुसार पेन्सिलभेनियाबाट आएको उक्त टोलीले सुन्द्रावतीमा १७ दिन बिताउने छ । सुन्द्रावती भूकम्पको केन्द्रविन्दु सुनखानीको छिमेकी गाविस हो । उक्त हेलिकप्टरले सुनखानीको छिमेकी बजार सिंगटीबाट उडान भरेको थियो । विद्यालयमा सेवा र स्थानीय बासिन्दाका लागि मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने सैनिक स्रोतले जनाएको छ । रणभीम गणका अनुसार दुई महिनाअघि अमेरिकी सेनाको टोली उक्त स्थानमा रेकी गरेर फर्केको थियो । टोलीको कमान्ड प्रमुख सेनानीले गरेका छन् । आगामी असार ३ सम्म बसेर विद्यालय भवन निर्माण गर्ने छ । असार ५ मा स्वदेश फर्किने तालिक छ
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment