Headlines News :
Home » » खाना र निन्द्राबीच के छ सम्बन्ध ?

खाना र निन्द्राबीच के छ सम्बन्ध ?

Written By news on Wednesday, 1 June 2016 | 04:13

एजेन्सी, शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ । तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ तपाईलाई दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ ।
खाना र निन्द्राबीच के छ सम्बन्ध ?
एक अध्ययन अनुसार राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बयस्कले उच्च मात्रामा चिनी र चिल्लोचाप्लोयुक्त खाएमा उनीहरु बारम्बार ब्युझिन्छन् । अर्थात् चिनि र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ । अर्कोतर्फ सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् । विज्ञहरुका अनुसार नियन्त्रित खानेकुरा खादा १७ मिनेटमा निदाउने मानिस आफ्नो इच्छा अनुसारको खानेकुरा खाँदा भने २९ मिनेटमा माात्र निदाउँछ ।

सुत्नमा कठिनाईको समस्या देखिनुमा पर्याप्त डाइटको अभाव र सोडियमको मात्रा बढी पनि हो । न्यून कार्बोहाइडे«ड, भिटामिन डी, लाईकोफेनले पनि राम्रो निन्द्रा लाग्दैन । अर्कोतर्फ भिटामिन सी, क्याल्सियम र पानीको अभाव वा शरिरमा कोलेस्ट्रोल वा फ्याटको मात्रा बढी हुँदा जतिखेर पनि निद्रा लाग्ने गर्छ । अस्वस्थकर खानाले निन्द्रासँग सम्बन्धित अन्य समस्या ल्याउँछ ।

राम्रोसँग सुत्न कस्तो खानेकुरा खाने ?
स्वस्थ्य खानेकुरा खानु आफैमा उत्तम बिचार हो । कतिपय यस्ता खानेकुरा छन जसको उपभोगले तपाईलाई मस्त निन्द्रा लाग्छ । कहिलेकाहिँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा तपाईको निन्द्रा भने भगाइदिन्छन् । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त पोषण खाने मानिसलाई दिउसको समयमा बढी उँघ्छ ।

क्याफिनः
कफी आफैमा शक्तिबद्र्धक पदार्थ हो । कफी पिउदा प्राय मानिस रातमा पनि जाग्राम बस्छन् । तर, दिउसोको समयमा एक पटक कफी खाँदा निन्द्राबाट मुक्ती हुन्छ र हाम्रो दैनिकी सहज हुन्छ । गर्भवती र बालबालिकालाई कफीले फाइदा गर्दैन । दिउसोमा दुई तीन पटक वा राती सुत्नुअगाडि कफी खाँदा इन्सोमेनिया वा निन्द्रामा असन्तुलन हुन्छ ।

गुलियो खानेकुराः
गुलियो खानेकुराले हाम्रो निन्द्रालाई नकरात्मक अशर गर्छ । त्यही भएर प्राय महिलाले आफ्ना नानी बाबुलाई सुत्नु अगाडि गुलियो खानेकुरा, क्यान्डी तथा चकलेट खान दिँदैनन् । चिनिलाई शरिरले सजिलै गलाइदिन्छ जसका कारण ब्लड ग्लुकोजको तहमा उतारचढाब ल्याइदिन्छ । फस्वरुप तपाईलाई निन्द्राबाट बञ्चित गर्छ ।

मरिच, खुर्सानी र अत्यधिक मसलायुक्त खानाले पनि कतिपय मानिसको पाचन प्रणालीमा असर गर्छ । जसका कारण निन्द्राको सन्तुलन विग्रन्छ । अझ सुत्ने समयमा मसलादार खानेकुरा खाँदा त रातभर जाग्राम बनाइदिन्छ ।

फास्ट फुडः
प्रायजसो प्याकेटमा उपलब्ध हुने फास्ट फुड तपाईको निन्द्राका शत्रु नै हुन् । चिल्लाा, कार्बोहाइड्रेडयुक्त, सन्तृप्त फ्याट र सोडियमको मात्रा उच्च भएका खानेकुराले रातको निदलाई नकरात्मक असर गर्छ ।

मदिराः
मदिराले गहिरो निन्द्रा लाग्नुका साथै घुर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नशाको सुरुमा केही समय गहिरो निन्द्रा लागे पनि केही समयपछि अनिन्द्रा बढ्नुका साथै दिउसभर आँखा झुल्छ ।

मध्यान्नमा नसुत्नेः
बिहानको खानापछि लाग्ने निन्द्राकै कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । अलि दहे लन्च गर्दा निन्द्राले बढी झुम्ने र काम गर्दा ध्यान भंग हुन सक्छ । लन्चको समयमा बढी कार्बोहाईड्रेडयुक्त खाना खाँदा दिउसो उम्ने समस्या कमि हुन्छ ।

दिउसो हैन राती सुत्नुहोस्ः
कतिपय मानिस मध्य रातसम्म नसुत्ने तर दिउसोको समयमा सुत्ने बानी हुन्छ । व्याबासायिक वा पेशागत बाध्यता बाहेक दिउसो सुत्नु राम्रो होइन । सन्तुलित खानाले निन्द्रामा सुधार ल्याउने र दिउसभर फूर्तिलो बनाउछ । निन्द्रालाई अशर गर्ने खानेकुरा छोड्नुको अतिरिक्त निश्चत प्रकारका खानेकुरा खाएर पनि सुत्न सकिन्छ । ट्राइपटोफान एटा स्वभाविक रसायन हो यसले दिमागलाई शान्त र निन्द्रा प्रदान गर्ने सेरोटोनिन उत्पादन गर्न सहयोग गर्छ । बदामको दुध, अन्डा, चकलेट ट्राइपटोफानका महत्वपूर्ण स्रोत हुन् । -स्वास्थ्य खबरपत्रिका
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger