|
|
एमाले टोलीले बिहिबार कहाँ-के गर्यो ? (सुची सहित)
काठमाडौं : नेकपा (एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक टोलीले बिहिबार थप ५० वटा घर–टहरा निर्माण गरेको छ । चारदिन अघिदेखी भूकम्प प्रभावित १७ जिल्लाका ५१ वटा निर्वाचन क्षेत्रमा एमालेको टोली परिचालित छ ।
विद्यालयहरुको भग्नावशेष हटाएर सफाई गरी टहरा निर्माण गरेर छिट्टै कक्षा सञ्चालनयोग्य बनाउन अभियानको मूल शक्ति केन्द्रित रहेको एमाले प्रचार बिभागका उपप्रमुुख सुुर्य थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती अनुसार एमाले टोलीले गोरखाको गाईखुर लुईंटेलस्थित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई चर्चित चिकित्सक डा. उपेन्द्र देवकोटा र बाचनशिरोमणि नारायणप्रसाद पोखरेलले अध्ययन गरेको अमरज्योति उच्च मावि लुईंटेलको छाना बनाइदिएको छ ।
उक्त गाविसमा सरस्वती माविका ५ कोठासमेत पुनः निर्माण गरिएको छ । विहिबारदेखी एमालेले भूूकम्प प्रभावित थप ८ जिल्लामा स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ । तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, बाग्लुङ, पाल्पा, भोजपुर र खोटाङमा थप परिचालन गर्ने निर्णय गरेको हो । नेकपा (एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको चौथो दिन भूकम्प प्रभावित जिल्लाहरुमा कहाँ के गर्यो ? विज्ञप्तीको पूूर्ण पाठ :
नेकपा (एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको चौथो दिन भूकम्प प्रभावित जिल्लाहरुमा देहायबमोजिम कार्यसम्पादन भएको छः
१. भूकम्प प्रभावित १७ जिल्लाका ५१ वटा निर्वाचन क्षेत्रमा अभियान जारी रहेकोमा निम्न जिल्लाहरुमा थप गर्ने निर्णय भएको छ :- (१) तनहुँ (२) स्याङ्जा (३) पर्वत (४) गुल्मी ५. बाग्लुङ ६. पाल्पा, ७. भोजपुर ८. खोटाङ ।
उल्लिखित जिल्लाहरुमा केन्द्रीय टोली पठाइने छैन । तर जिल्लास्तरमा आआफ्नै स्वयंसेवक टोली परिचालन गरी भत्किएका घरबासको ठाउँमा अस्थायी बसोबास मिलाउने, स्कूल तथा स्वास्थ्य चौकी र गाविस कार्यालयहरु सञ्चालनयोग्य बनाउने काम गरिनेछ ।
– इलाम, कैलाली, ताप्लेजुङ, जाजरकोट, बाँके, धनकुटा र सुनसरीबाट स्वयंसेवकहरु केन्द्रीय टोलीमा सहभागी हुन थप भएको छ । कैलालीको टोलीलाई धादिङ–२ र इलामको टोलीलाई सोलुखुम्बुमा कार्यक्षेत्र तोकी खटाइएको छ ।
– राष्ट्रिय स्वयंसेवक परिचालन समितिका संयोजक गोकर्ण विष्ट, पार्टी स्थायी कमिटीका सदस्य शंकर पोखरेल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र अभियान सचिवालय सदस्य ठाकुर गैरेसहितको नेताहरुले फर्पिङ शेषनारायणस्थित शिखरपुर सामुदायिक क्याम्पसमा जिफन्टका स्वयंसेवकहरुद्वारा निर्मित अस्थायी कक्षा कोठा निर्माण कार्यको अनुगमन गर्नुभयो । उक्त कार्यमा सहयोग पु¥याइरहेको नेपाली सेनाको टोलीलाई पार्टी नेताहरुले धन्यवाद ज्ञापन गर्नुभयो ।
-पेसागत बुद्धिजीवी विशेष जिल्ला कमिटीले नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपियाँ नगद जम्मा गरेको छ । थापाथलीस्थित कार्की बैंक्वेटमा आयोजित एक कार्यक्रमकाबीच उक्त कमिटीका इन्चार्ज डा. राजन भट्टराई र का.वा. अध्यक्ष पे्रम पराजुलीले हस्तान्तरण गर्नुभयो ।
गोरखा : गाईखुर लुईंटेलस्थित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई चर्चित चिकित्सक डा. उपेन्द्र देवकोटा र बाचनशिरोमणि नारायणप्रसाद पोखरेलले अध्ययन गरेको अमरज्योति उच्च मावि लुईंटेलको छाना मिलाई आइतबारदेखि कक्षा सञ्चालनयोग्य बनाइएको छ । उक्त गाविसमा सरस्वती माविका ५ कोठासमेत पुनः निर्माण गरिएको छ ।
आरुबाङमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ण्डले पढाएको भीमोदय उच्च माविको छाना मिलाई कक्षाकोठा सफा गरेर आइतबारदेखि नै कक्षा सञ्चालनयोग्य बनाइएको छ । साथै, ५ वटा अस्थायी घर बनाउने तथा स्वास्थ्य चौकी सञ्चालनयोग्य तुल्याइएको छ । असाङ र धावाको लागि कास्कीबाट आज दीपक पौडेल र युवराज पौडेलको नेतृत्वमा ५०÷५० जनाको टोली गोरखा प्रस्थान गरेको छ ।
सिन्धुपाल्चोक : सिपापोखरीमा राप्तीबाट आएका स्वयंसेवकहरुले चारवटा अस्थायी घर निर्माण, ८ वटा मर्मत सम्भार र २ वटा भग्नावशेष हटाउने गरी १४ वटा घरमा पुनःनिर्माणको काम गरेको छ ।
दोलखा : क्षेत्र नं. २ मा राप्तीबाट आएको स्वयंसेवक टोलीले लापिलाङस्थित हिलेपानी संस्कृत उच्च माविको भवनबाट भग्नावशेष हटाई कक्षा सञ्चालनयोग्य बनाएको छ । साथै, लापिलाङ उच्च मावि,गाविस कार्यालय भवन, आयुर्वेदिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीको मर्मत सम्भार गरी सञ्चालनयोग्य बनाएको छ ।
काठमाडौं : क्षेत्र नं. ९ मा नेकपा (एमाले)द्वारा संचालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानसँगै मिलेर नेकपा (माओवादी)का टोलीले संयुक्तरुपमा सहकार्य गरेको छ । स्थानीय भीमढुंगामा दीपक जिएमले नेतृत्व गरेको टोलीले विद्यालयका सात कोठा व्यवस्थित गर्ने काम गरेको छ । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य डा. विजय पौडेल र नेकपा (माओवादी)का पोलिट्ब्युरो सदस्य माइला लामाले सँगसँगै जनताको अस्थायी बसोबास निर्माणको काम गर्नुभएको दृष्टान्त उल्लेख्य थियो । यहाँ नेकपा (एमाले) का २० वटा टोली परिचालित छन् ।
काठमाडौं ५ टोखामा खटिएको राष्ट्रिय खेलकूद महासंघका स्वयंसेवकहरुले २०१७ सालमा स्थापित ऐतिहासिक सरस्वती उच्च मावि, टोखाको भत्किएको भवन सफाई गरेर एक तल्लामा पढाई सञ्चालनयोग्य बनाएको छ । यसको नेतृत्व महासंघका इन्चार्ज पाटीईका वैकल्पिक पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो ।
क्षेत्र नं. ८ मा स्वयम्भू वैलोचनतिर्थ अगाडि एकल महिला लक्ष्मीश्री वैद्य (९० वर्ष) को माटोले बनेको पाको इटाको घर भत्काई अस्थायी बसोबास मिलाउने काम जारी छ । विजयश्वरी सैनिक विद्यालयसँगै श्याम गौतमको तीनतले घरबाट सम्पूर्ण सामान उद्धार गरी बाहिर निकाल्ने र धराप हटाउने काम भएको छ । साथै, सोही स्थानमा एकल महिला चीनमाया गुरुङको सामान र उद्धार गरी झिक्ने तथा कच्ची घर भत्काएर अस्थायी घर निर्माण थालिएको छ ।
केन्द्रीय प्रचार विभागले भूकम्प प्रभावित २५ जिल्लाको समाचार सम्पे्रषण र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन एक जिल्ला : एक प्रचार प्रतिनिधि नियुक्त गरेको छ । हरेक जिल्लाका निर्वाचन क्षेत्रहरुमा १÷१ जना प्रतिनिधि व्यवस्थित गरी दैनिक रिर्पोटिङ, भिडियो रेकर्ड तथा प्रचार कार्यसँगै सम्बन्धित यावत कार्य गरिनेछ । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्षहरुले प्रचार प्रतिनिधिका रुपमा कार्यसम्पादन गर्न जिम्मेवारी तोकिएको छ । पे्रस चौतारीको जिल्ला शाखाले अभियानको कार्यस्थलमा ‘मिट द प्रेस’ आयोजना गरी प्रचार–प्रसारलाई मद्दतसमेत गर्नेछ ।
अनेरास्ववियुले निम्न विद्यालयको निर्माण गरी हस्तान्तरण गरेको छ :-
गोर्खाः कोषाध्यक्ष रश्मि आचार्यको नेतृत्वमा ५५ जनाको सहभागीतामा गोर्खा जिल्लामा पाँचवटा स्कुल निर्माण गरिएको छ । जसअन्र्तगत १ भिमोदय उमावि आरूचनोटे गा. वि.स ४ (कोठे) २ गण्डकी उच्चमावि थुमि गा.वि.स आर्खेत (१० कोठे) ३. बासुकी नि.मा.वि आरूवाङ, वयाक (४ कोठे) ४. गणेश मा.वि थुमि( ११ कोठे) ५ सिद्धकाली उच्च मावि ताङराङ्गमा (८ कोठे) भवनहरू निर्माण गरी स्थानीय विद्यालय प्रशासनलाई हस्तान्तरण गरीएको छ । यसका अलावा सरसफाई र जनचेतना मूलक कार्यहरू लाई समेत निरन्तरता दिईएको छ ।
मकवनपुर÷चितवनः सचिव महेश वर्तौलाको नेतृत्वमा परिचालित टिमले मकवानपुर र चितवनमा तिनवटा स्कुल (१) महांकाल प्रा.वि थाह न.पा –९ मकवानपुर (४ कोठे) (२) त्रिवेणी निमावि हेटौडा उ.म.न.पा (८ कोठे ) ३. राष्ट्रिय प्रावि कालीखोला चितवनमा ४ कोठे भवन निर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ यसैगरी प्रगति उ.मावि र हेटौडा उ.मा.विको भत्किएका पर्खालहरूलाई सरसफाई तथा ईट्टाहरू पन्छाउने काम गरेको छ ।
काभ्रेः महासचिव नविना लामाको नेतृत्वमा परिचालित टिमले हालसम्म २वटा स्कुल निर्माण गरेको छ । जसमा १. श्रीकृष्ण नि.मा.वि काशीखण्ड न.पा –४ मेथिनीकोटमा (५कोठे भवन) २. देबीथुम्का महादेवस्थानको (५ कोठेभवन) निर्माण गरी हस्तान्तरण गरीएको छ र काशीखण्ड न.पा. मेथिनीकोटमा स्थास्थ्य शिविर सञ्चालन गरीएको थियो जसमा ३४२ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । यसका साथै सरसफाई र जनचेतना मुलक कार्यहरू पनि गरिदै आएको छ ।
नुवाकोटः लेखा आयोग अध्यक्ष निलकण्ठ आचार्यको नेतृत्वमा रहेको टोलीले भुकम्प प्रभावित जिल्ला नुवाकोट काउले गा.वि.सको एैसेलु भुमे मा.वि मा (६कोठे) भवन र जाल्पा युवा प्रा.वि गणेशस्थान (४कोठे) विद्यालयको भवन बनाई विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ ।
धादिङ्ग :– सचिव राधिका खतिवडा नेतृत्वमा रहेको टोलीले धार्दिङ्ग जिल्लाको बाराही प्रा.वि थाक्रेको २ कोठे भवन निर्माण गरेको छ भने धार्दिङ्गकै अर्को शिव बोडिङ्ग स्कुल निर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ ।
दोलखाः सचिब भक्तकुमारी लामा रहेको टोलीले दोलखा जिल्लाको काभ्रे काविसको मैना पोखरी स्थित हनुमन्ते श्वर उमाविको ४ कोठे भवन निमाण गरेको छ भने अर्को जलदिवी मावि मैनापोखरीकै ४ कोठे भवन निमाण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरीएको छ ।
रसुवाः सचिव अब्दुल हुसेन खाँको नेतृत्व रहेको टोलीले रसुवा जिल्लाको गोसाई कुण्ड मावि भोर्लेमा ५ कोठे भवन निर्माण गरेको छ ।
सिन्धुलीः शैलेस लामाको नेतृत्वमा रहेको टोलीले सिन्धुली जिल्लाको चचुल्ला प्रा.वि कपिला कोटमा ६ कोठे, गणेश उमावि पुरानो झागाझोलीमा ६ कोठे, र मावि भिरगाउँ रामेचोलीमा ६ कोठे स्कुल निर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ ।
रामेछापः सचिव शरोज यादबको नेतृत्वमा रहेको टोली सक्रिय भएर काम गरीरहेको तर टेलीफोन सम्पर्क हुन नसकेकोले के कति कार्य सम्पादन भयो रिपोट आउन बाकि रहेको छ ।
सिन्धुपाल्चोकः उपाध्यक्ष दिपक गौतमको नेतृत्वमा रहेको टोलीले सिन्धुपाल्चोकको तेर्से उमावि तालबारानमा ७ कोठे र क्युल मावि क्युलमा १० कोठे भवन निर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ ।
आज दिनभरि अभियान सञ्चालित जिल्लाहरुमा जम्मा ५० वटा घर–टहरा थप निर्माण गरिएको छ । विद्यालयहरुको भग्नावशेष हटाएर सफाई गरी टहरा निर्माण गरेर छिट्टै कक्षा सञ्चालनयोग्य बनाउन अभियानको मूल शक्ति केन्द्रित रहेको छ ।
|
|
Post a Comment