Headlines News :
Home » » काठमाण्डौको बागबजारमा बिहानै यूवती माथी छुरा प्रहार , २५ वर्षकी युवती गम्भिर..

काठमाण्डौको बागबजारमा बिहानै यूवती माथी छुरा प्रहार , २५ वर्षकी युवती गम्भिर..

Written By news on Tuesday, 21 June 2016 | 23:19


काठमाण्डौ ।

 आज बिहान  ९ बजे बागबजारको पुरानो बसपार्क, नजिक अद्धैत मार्गमा एक युवती माथि छुरा प्रहार भएको छ ।

अन्दाजी २५ वर्षकी युवती सुष्मा धामी थापालाई आफ्नो श्रीमती बताउने धलकबहादुर थापाले छुरा प्रहार गरेका हुन् । घाइतेको अवस्था गम्भीर रहेको छ भने हाल ती युवतीको काठमाडौँको मोडल हस्पिटलमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक व्युटिपार्लरमा पार्लर सिक्न आउने जाने गरेकी ती युवती माथि छुरा प्रहार भएको हो । पार्लर भएकै घरको प्यासेजमा छिरेर अन्दाजी वर्ष ३२ का एक युवकले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घाइतेको ढाडमा छुरा प्रहार गरिएको स्थानीयले बताए । तर प्रारम्भिक चेकजाँचको क्रममा युवतीको छातीमा छुरा प्रहार भएको मोडल हस्पिटलमा उपचार भइरहेको छ ।

छुरा प्रहार गरेको देखेपछि स्थानीयले ति युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए भने घाइतेलाई पनि स्थानीयले नै हस्पिटलसम्म पुर्याएका थिए ।

स्थानीयका अनुसार उनीहरु श्रीमान–श्रीमती नै भएको तर केही समयदेखि छुट्टिएर बसेको बुझिएको छ । प्रहरीले घटना स्थल, घाइते र आरोपीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

छुरा प्रहार गर्ने धलकबहादुर थापा प्रहरी नियन्त्रणमा रहेका छन्





Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger