|
|
जिल्ला विकास समितिको गेटमा तालाबन्दी गर्न खोजेका माओवादी विकलाई तत्काल पक्राउ गरेको प्रहरीले बताएको छ । बन्द गराउँदै हिँडेर जिल्ला सदस्य पवित्रा विकलाई भने बीचमै छोडेको थियो । विकको पक्राउपछि जिल्ला विकास समिति बन्द गराउने प्रयास असफल भएको थियो ।
विहानदेखि बजार पसल बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाईको प्रयासलाई प्रहरीको कडा निगरानीले असफल पारिदिएको छ। कडा सुरक्षा रणनीतिका साथ प्रहरी खटाइपछि कार्यालयको कामकाज सहज रुपमा सञ्चालन भइरहेको प्रशासन कार्यालयले जनाएको छ । दुनि हाटबजार आंशिक रुपमा बन्द भएपनि सरकारी कार्यालय र मार्तडी बजार भने विहान देखिनै खुलेको छ ।
मार्तडी आउने र जाने जिप सेवा भने अवरुद्ध बनेको छ । यात्रुहरुलाई असल पुर्याउने गरी माओवादी कार्यकर्ताले यातायात सेवा बन्दमा सक्रिय देखिएका छन् । सक्रेटरीको गिरफ्तारीपछि बन्दकर्ताहरु पनि बजारमा कमै देखिएका छन् । कमैको संख्यामा कार्यकर्ता भएकोले पनि माओवादीले जिल्लाका सबैजसो बजार पसल बन्द गराउन सकेका छैनन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेपको माओवादीले विरोध गरेको छ । माओवादी नेता पवित्रा विकले महिला माथि समेत प्रहरीले अभदै व्यवाहार देखाएको र ठाडो हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । शान्तिपूर्ण आन्दोलनको माओवादीले कडा प्रतिवाद गर्ने उनले चेतावनी दिएकी छन्।
|
|
Post a Comment