Headlines News :
Home » » बन्दको आंशिक प्रभाव,बन्दकर्ताद्वारा आगजनी र तोडफोड..

बन्दको आंशिक प्रभाव,बन्दकर्ताद्वारा आगजनी र तोडफोड..

Written By news on Thursday, 9 June 2016 | 01:28

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
बन्दकर्ताले आज बिहान तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।

प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

राजधानीमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका भए पनि निजी सवारी साधन र मोटरसाइकल भने उल्लेख्य मात्रामा चलेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger