Headlines News :
Home » » सुस्मिता केसी भन्छिन्-‘अनमोल र आकाश मेरा लागि ‘करण-अर्जुन’......हेर्नुहोस्

सुस्मिता केसी भन्छिन्-‘अनमोल र आकाश मेरा लागि ‘करण-अर्जुन’......हेर्नुहोस्

Written By news on Wednesday, 29 June 2016 | 22:57


‘मैले चलचित्र बनाउँछु भनेर सोची नै रहेकी थिएँ । नेपाली सेनाको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागी हुँदा मैले निर्देशक श्रीराम महत्तलाई भेटेकी हुँ । उनको सोच सुनेर म खुशी भएँ र ‘म त तिम्रै हुँ’ बनाउने निधो भयो ।’

अनलाइनखबरसँगको एक भेटमा नायिका तथा निर्मात्री सुस्मिता केसी यसरि सुनिइन् । साउन ७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म त तिम्रै हुँ’को प्रचारमा दौडिएकी सुस्मिताले यूवापुस्ताको कथा रोज्नुका कारण यसरि खुलाइन् । ‘अहिले मल्टिप्लेक्समा यूवाहरुको आकर्षण बढ्दो छ । यूवाले रुचाएको खण्डमा चलचित्रले राम्रो व्यापार पनि गर्छ ।’

चलचित्रमा सुस्मिताका छोरा अनमोल केसी छैनन् । तर, उनको नाम निर्मातामा जोडिएको छ । अनमोलको ब्रान्ड चलचित्र प्रचारमा किन भन्ने प्रश्नमा सुस्मिताले भनिन्-‘मेरो छोरा अनमोल हो त मैले अर्कै मान्छेको नाम राख्न मिलेन । फेरि, जतिबेला अनमोल ४ बर्षको थियो त्यतिबेलादेखि नै उसको नाम निर्मातामा छ ।’

अब, एकछिन चलचित्रका नव-नायक आकाश श्रेष्ठसँग वुझौ । आकाश बोल्न अझै पनि लजाउँछन् । उनलाई बोल्दा सुस्मिताले साथ दिनुपर्छ । आकाशलाई सुस्मिता छोरा भन्छिन् । आकाशले भने-‘मैले मामुलाई विश्वास गरेर नै चलचित्र गरेको हो । यो चलचित्रको गीत, कथावस्तु मन परेर काम गरेँ ।’

नयाँ चलचित्र अफर आएको छ भनेर हामीले आकाशलाई प्रश्न गर्‍यौ । तर, जवाफ सुस्मिताले यसरि दिइन्-‘उसलाई ३-४ वटा चलचित्रको अफर आइसकेको छ । एउटा चलचित्रको त चाडै नै घोषणा हुँदैछ । उ मेरो छोरा जस्तै हो । मैले नै गाइड गर्नुपर्छ ।’

सुस्मिताले सानैदेखि आकाशलाई छोरा बनाएकी हुन् । छोरामा क्वालिटी देखेर नै आफूले लिएको उनले बताइन् । सुस्मिताले अनमोल केसी र आकाश श्रेष्ठलाई ‘करण-अर्जुन’को संज्ञा दिइन् । चलचित्र प्रचारमा अनमोलको नाम जोडिदा कतै तपाई छायाँमा त पर्नु भएको छैन भन्ने प्रश्नमा आकाश अकमकमाए । उनले कस्तो प्रश्न हो यो भनेपछि सुस्मिता जवाफ दिन अगाडि सरिन्-‘आफ्नै दाज्यूको नाम आउँदा म किन छायाँमा पर्नु भनेर भन न ।’ सुस्मिताले आकाशलाई सिकाइन् ।

उनले कथावस्तु राम्रो पाएको खण्डमा अनमोल र आकाशलाई एकसाथ पर्दामा ल्याउने सपना पनि देखेकी रहिछन् । ट्रेलर सार्वजनिक भएपछि आएका विभिन्न खालका अड्कलबाजीमा सुस्मिता मौन बसिन् । उनले अहिले नै कथावस्तु केहि भन्न नमिल्ने बताइन् । ‘तर, जतिले चलचित्र हेरेका छन् सबै रोएको देखेकी छु’, सुस्मिताले थपिन् ।

चलचित्रमा सुस्मिता आफू पनि देखिएकी छिन् । उनले अरु कलाकार राख्न मिल्दैनथ्यो भन्ने प्रश्नमा भनिन्-‘किन नमिल्नु, मिल्थ्यो नि । तर, यो पात्रमा कथा लेख्दा लेख्दै म आफू पनि भिजिसकेकी थिएँ ।’

आकाश कम बोले । जसले चलचित्रको कथावस्तु राम्रो लागेको खण्डमा आफूले अफर आएको काम गर्ने बताए । यता, सुस्मिता भने चलचित्र हेर्नुपर्ने कारणलाई यसरि बयान गर्दै थिइन्ः

१. स्टोरी एकदमै फरक छ ।
२. कलाकारहरु नयाँ छन् तर ट्यालेन्ट छन् ।
३. मेकिङमा कुनै संझौता गरेकी छैन ।
अनमोललाई पिता भूवन केसी र आमा सुस्मिता केसीले तानातान गरेको चर्चा मिडियामा भैरहेको छ । तर, यसबारेमा सुस्मिता भन्छिन्-‘उसलाई त मैले कतै पनि तानेकी छैन ।’
अनलाइनखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger