Headlines News :
Home » » भारतबाट छोटे डनको काठमाडौंमा निर्देशन – नेपाल फर्कन नसक्ने डर ले अमेरिका पलायन हुन खोज्दै

भारतबाट छोटे डनको काठमाडौंमा निर्देशन – नेपाल फर्कन नसक्ने डर ले अमेरिका पलायन हुन खोज्दै

Written By news on Wednesday, 29 June 2016 | 22:50


डनहरु इन्काउन्टरमा मारिने डरले धमाधम भारत पलायन हुन थालेका छन् | त्यही क्रममा इन्काउन्टरमा मारिएका ‘डन’ कुमार श्रेष्ठ ‘घैंटे’ का उत्तराधिकारीका रुपमा चर्चित छोटे ‘डन’ भनिने समिरमानसिंह बस्नेत पनि भारतको राजधानी दिल्ली पलाएन भएका हुन | प्राप्त खबर अनुसार समिरमानसिंह बस्नेत दिल्लीमा भए पनि उनले उताबाटै आफ्नो धन्दा जारी राखेका छन् ।

केहि दिन अघि टोले गुण्डा भन्दै जसवन्त राईलाई गोलि हानी आफ्नो नियन्त्रणमा लिएको थियो | महानगरिय अपराध महाशाखाका अनुसार जसवन्त राई समिरका सहयोगी रहेको र समिरको धन्दा नेपालमा जसवन्त राईले हेर्ने बताएका छन् |

समिरमानसिंह बस्नेतले महाशाखाको टोलीलाई आक्रमण गर्न साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई खटाएका थिए जसको योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो । यही आधारबाट साजन गुरुङ र कारजोन गुरुङलाई महाशाखाले पक्राउ गरेको थियो ।

समिर बस्नेतले अहिले राधे भण्डारीलाई टेण्डरमा हुने असुलीदेखि हप्ता असुली र विभिन्न आपराधिक कृयाकलापमा संलग्न गराएको महाशाखा स्रोत बताउँछ । चरिमाथि गोली हानेको मुद्दामा सजाय भोगी कारागारबाट छुटेका राधेले सहयोगी शिव खड्कालाई पनि परिचालन गरी प्रहरी भित्र गुप्तचरी गरेर बस्नेतलाई सूचना पुगाउने गरेको पनि महाशाखाले जानकारी पाएको बताउँछ | अपराध महासाखा डन हरु मा अझ कडा रुप मा प्रस्तुत भएकाले बस्नेतले नेपाल आउन नसक्ने अवस्था देखेपछि बाफलमा रहेको घर एक करोड पचास लाखमा बेचिसकेको र अमेरिका पलायन हुन खोजेको प्रहरी स्रोत बताउँछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger