Headlines News :
Home » » बजेट पास हुन नदिन प्रचण्डले खेले फेरी नयाँ खेल , ओली लाइ यसरि गम्भीर धोका दिँदै प्रचण्ड..

बजेट पास हुन नदिन प्रचण्डले खेले फेरी नयाँ खेल , ओली लाइ यसरि गम्भीर धोका दिँदै प्रचण्ड..

Written By news on Wednesday, 29 June 2016 | 23:50


काठमाडौँ, १६ असार ।
 प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् ।
एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन् । स्रोतका अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएपछि कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य थालेका हुन् । उनी कांग्रेससँग विश्वासको वातावरण बनाउन जुटेका छन् ।

 असार ७ मा कांग्रेस सभापति शेरबहादुर देउवाले भेटदा दाहालले बजेट पारित भएपछि सरकारको विकल्प खोज्न आफू तयार रहेको बताएका थिए । सत्तारूढ मुख्य घटक एमालेका नेताले वैशाख २३ गते दाहाल निवास लाजिम्पाटको भेटवार्तामा जेठ मसान्तसम्म पर्खन दाहाललाई आग्रह गरेको चर्चामा आएको थियो । फेरि एमालेसँग जेठ अन्तिममा छलफल गर्दा बजेट अनुमोदनलगायत कारणले असार १५ सम्म पर्खन आग्रह गरेको माओवादी नेताहरूको भनाइ छ । ‘उहाँहरूले माओवादीसित कुरा गर्दा बुधबार (असार १५) सम्मको समयसीमा माग्नुभएको हो,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार भने, ‘बिहीबारदेखि हामी एमालेसँग कुनै पनि खाले सम्झौताको बन्धनमा छैनौं, अब आफ्नै हिसाबले अगाडि बढ्छौं ।’ पुनले यसबीचमा कांग्रेससँग नयाँ सरकार समीकरणको सम्भावना र तयारीबारे अनौपचारिक तहमा निरन्तर कुराकानी भएको खुलाए । बुधबार बेलुकी बसेको माओवादी संसदीय दलको बैठकमा नयाँ सहमतीय सरकारको गठनबारे छलफल भएको छ । दाहाल सकेसम्म आफ्नै नेतृत्वमा सहमतीय सरकारका लागि प्रयास गर्ने, नभए बहुमतीय सरकार भए पनि ओलीको विकल्प खोज्नुपर्ने निचोडमा पुगेको स्रोतको दाबी छ । प्रमुख प्रतिपक्षी कांग्रेस राष्ट्रिय सहमति बन्ने अवस्था नभएको बताउँदै माओवादी केन्द्र र मधेस केन्द्रित दललाई साथमा लिएर सरकार बनाउने पक्षमा छ । कान्तिपुर दैनिकमा समाचार छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger