Headlines News :
Home » » ‘केपी ओली दक्षिण एसियाकै लोकप्रिय नेता, मोदीले दिनमा एकपटक सम्झिन्छन्’..

‘केपी ओली दक्षिण एसियाकै लोकप्रिय नेता, मोदीले दिनमा एकपटक सम्झिन्छन्’..

Written By news on Tuesday, 21 June 2016 | 21:34


महोत्तरी, ६ असार ।

 युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली दक्षिण एसियाकै लोकप्रिय नेताका रुपमा स्थापित भइसकेको बताउनुभएको छ ।

पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले ओली दक्षिण एसियाकै लोकप्रिय नेता बनिसकेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ओलीलाई हरेक दिन सुत्नेबेला सम्झने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ओलीको अडान, व्यक्तित्व र डेभलपमेन्ट प्लानिङलाई मोदीले सुत्ने बेला सम्झिने गर्छन् । जून काम आजसम्मका कुनै नेताबाट भएको छैन् ।’

सोमबार महोत्तरीमा आयोजित युवा संघको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै बस्नेतले नेता कार्यकर्तालाइ गर्वकासाथ एमाले हो भन्ने काम ओलीले गरेको दाबी गर्नुभयो । ओलीकै बोली र योजनाले हजारौं जनता एमाले बनेको उहाँको धारणा थियो ।

अर्काे प्रसंगमा उहाँले तराईमा मधेसी जनताको विपक्ष चलाइएको आन्दोलन युवा संघले तुहाएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले चलाएको रास्ट्रियताको आन्दोलन सफल भएको भन्दै उहाँले मदन भण्डारी केन्द्रको नाममा माधव नेपाल समूहले चलाएको कार्यक्रममा युबा विद्यार्थी र सच्चा पार्टी कार्यकर्ताले बिरोध जनाएको खुलासा गर्नुभयो ।
भारतको रिमोटबाट अब नेपाल नचल्ने भन्दै उहाँले भारतसँग भएको ब्यापार परनिर्भरता हटाउने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको स्पष्ट पार्नुभयो ।

विद्युत उपकरण प्रयोग, विद्युतीय रेल सन्चालन गर्ने, एक घर एक रोजगार अभियान, शैक्षिक धितो राखेर लोन, युबा परिषदको स्थापना, शिक्षा स्वास्थ्य, रोजगारको ब्यबस्था समेटिएको बजेटको कार्यान्वयन र विकास निर्माणमा युबा परिचालन गरिने भन्दै युबाहरु विकल्पको रुपमा आउनुपर्ने धारणा राख्नुभयो ।
‘युबा संघ नेपाल पहिलो संगठन हो जसले आफ्नो बिधानमा उत्पादन र रोजगारमार्फत युवाहरुलाई जोड्ने काम गरेको छ,’ उहाँले भन्नुभयो । आर्थिक उदारीकरण गर्दा सम्पूर्ण उद्योग बन्द भएको स्मरण गर्दै उहाँले किसानलाई अनुदान पर्याप्त नभएको गुनासो गर्नुभयो ।

लामो समयसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार चलाएको कारण देश परनिर्भरता बढेको आरोप लगाउँदै उहाँले कांग्रेस जहिले पनि झुठको खेती गर्छ भन्नुभयो ।
२६ बर्षदेखि अबरोध हुँदै आएको हुलाकी राजमार्ग अब बनेरै छाड्ने उहाँको भनाई थियो । अब स्थानीय निर्वाचनमा एमालेको नाममा जोकोहीले पनि निर्वाचन जित्ने भन्दै गाउँ गाउँमा स्थानीय निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, सचिवहरु पर्शुराम बस्नेत, वचन बहादुर शिह, संघका प्रबक्ता प्रभात बिक्रम कटबाल, युबा संघ नेपालका जनकपुर इन्चार्ज जोगी यादब लगायतले सम्बोधन गर्नुभयो ।
शम्भुप्रसाद मैनालीले अध्यक्षता गरेको कार्यक्रमलाई बिश्वनाथ यादबले सन्चालन गर्नु भएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger