|
|
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन्। आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उनले यसले विदेशी चलखेल बढ्ने बताए ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलसमेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्छ भने ।
अध्यक्ष बिजुक्छेले छिटोछिटो सरकार परिवर्तनको खेलले जनतामा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको दाबी गरे । बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसद्बाट यससम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताए ।-काठमाडौँटुडे
- See more at: http://www.nepalese.org/article/2016/06/02/57991/#sthash.6Bojlre2.jNDf2X3a.dpuf
|
|
Post a Comment