Headlines News :
Home » » प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर मुख मिठाउन छोडेहुन्छ..

प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर मुख मिठाउन छोडेहुन्छ..

Written By news on Thursday, 30 June 2016 | 03:26


काठमाडौं–
उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेको बेला राष्ट्रिय सहमतिको सरकार आवश्यक भए पनि एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको भन्दै अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको तर्क गरेका छन् । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘ यही सरकारलाई शसक्त बनाउन प्रतिपक्ष र सत्तारुढ गठबन्धनबाट उठिरहेका आवाजलाई संबोधन गर्नु पर्छ ।’

ठूला दल मिलेर सरकार बनाउनु हुँदैन भनेर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले नमानेसम्म सहमतिको सरकार बन्न नसक्ने भन्दै मैनालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए अहिलेकै गठबन्धनलाई क्रियाशिल बनाएर जादा उपयूक्त हुने सुझाव दिए । उनले भने,‘ माओवादीसँग कुनै सहमति भएको भए त्यो कार्यान्वयन गरेर गए हुन्छ तर सहमति बाहेक बहुमतको अर्को सरकार बनाउने कुरा मुलुकमा अस्थिरता ल्याउने काम मात्रै हुन्छ ।’

मैनालीले माओवादी केन्द्र प्रति लक्षित गर्दै पार्टी भित्रको समस्या समाधानको लागि गठबन्धन भत्काउनु उचित नहुने तर्क गरे । उनले भने,‘ पार्टीका मन्त्रीहरुलाई लिएर असन्तुष्टी हो भने उनीहरुलाई फिर्ता बोलाएर अरु पठाए भई हाल्यो नि । पार्टीको समस्या थोपरेर गठबन्धन भत्काउनुको औचित्य छैन । मैनालीले सहमतिको सरकारको नेतृत्व प्रचण्डले जति मुख मिठ्याएपनि हुन नसक्ने ठोकुवा गर्दै प्रचण्डले अहिलेको गठबन्धन भत्यकाए पछि पकड्ने ठाँउ समेत नभेट्ने चेतावनी दिए । उनले भने,‘ सहमतिको सरकार बनेपछि काग्रेसकै नेतृत्वमा होला । त्यो नभए एमालेको नेतृत्वमा हुन सक्छ । प्रचण्डले मुख नमिठ्याए हुन्छ । प्रचण्ड प्रधानमन्त्री बने यही गठबन्धनलाई क्रियाशिल बनाएर मात्रैहुन सक्छन ।’


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger