स्तानबुल, टर्कीको राजधानी स्तानबुलमा आइतबार एउटा स्कुल बस दुर्घटनामा पर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा छ जना बालबालिका परेका छन् । बस सडकबाट खसेर खोँचमा परेको थियो । टर्कीको एक प्रसिद्ध पूरातात्विक स्थान काराटेपेबाट एक स्कुलका बालबालिका र उनीहरुका अभिभावक लिएर गइरहेको उक्त स्कुल बस सडकबाट तल खसेको थियो ।त्यस बसका चालकले नियन्त्रण गुमाउदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो दुर्घटनाको अनुसन्धान जारी रहेको पनि बताएको छ । घाइते भएका बालबालिका र तिनका अभिभावकगरी २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृतक बालबालिकाका आफन्तले चालकको लापरवाहीका कारण सो दुर्घटना भएको भन्दै छानबीनको माग गरेका छन् ।रासस÷एएफपी
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment