Headlines News :
Home » » तौल नबढाउन खाने तरिका

तौल नबढाउन खाने तरिका

Written By news on Tuesday, 7 June 2016 | 22:41

कम खाउँ मासु
मांसुजन्य खानेकुरामा क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।
खाने भाँडामा ध्यान दिउँ
सन् २०१२ मा कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् ।
संगीत
मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ ।
बिहानै पानी
पानी पिएर हरेक दिन सुरुवात गर्नुस् । बिहानै पानी पिउनाले  डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।
बढी चपाउने
बढी चपाएर खाना खान बढी समय लाग्छ । बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ । त्यही भएर खूब चपाएर खाने गर्नुस् । चम्चाले खाने गर्नुभएको छ भनेChicken-Soup एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो–छिटो खाइन्छ  ।
ताछ्ने, छोडाउने खाना खाउँ
सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् । ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरै मात्र खाइन्छ । ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।
 खानाअघि खाउँ सुप
सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो । त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger