Headlines News :
Home » » अम्बरले च्यातेर फालेका थिए रानी चाँदनीको गीत.........हेर्नुहोस..

अम्बरले च्यातेर फालेका थिए रानी चाँदनीको गीत.........हेर्नुहोस..

Written By news on Tuesday, 7 June 2016 | 23:12

२५ जेठ, काठमाडौं । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।

जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौैंयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उनले दिएको योगदान अविस्मरणीय रहेको छ ।

गीतकार, कवि तथा उहाँको जीवनकालमा सहयात्रा गरेका धेरैले उनलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उनलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उनलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन्, ‘विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।’

माइलाले भने, ‘उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।’

‘मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग गर्यो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,’ माइला स्मरण  गर्छन् । गुरुङ छनोट समितिमा समेत थिए । उनले विभिन्न १४ वटा धुन बनाएका थिए । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो ।

‘मेरो गीत छनोट भएको त्यसमाथि उनजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,’ माइलाले भने ।

नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् । उनले भने, ‘यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।’

कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उहाँको निधनसँगै सेलाएको छ । श्रेष्ठले भने, ‘विसं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुपर्यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुपर्यो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।’

गुरुङलाई सुनाएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाए । ‘कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदा हुँदा लाजै मान्छौ कि ।’ कवि श्रेष्ठले उनलाई अर्को गीत पनि सुनाएका थिए । त्यो गीत यस्तो थियो – ‘तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र ।’

नेपालको राष्ट्रिय सदभाव खल्बलिएकामा समेत गुरुङ चिन्तित थिए । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उनी डाँको छोडेर नै रोएको कवि श्रेष्ठ स्मरण गर्छन् । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उनी सर्वज्ञ थिए । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गरेका यज्ञबहादुर उपाध्याय आफ्नो स्वाभिमान कुनै पनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा उनलाई स्मरण गर्छन् ।

गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्छन् उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताएको स्मरण गर्दै उपाध्यायले भने, ‘राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक-पटक सुनाउनुभएको थियो ।’

एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उनले नीति निर्मातालाई पटक-पटक सचेत गराएका थिए । विसं २०४२/४३ देखि नै उनको माग थियो – प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उनको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो ।

उनले गीत–सङ्गतीलाई व्यवसाय बनाएनन्, सस्तो गीत पनि बनाएनन् । उपाध्याय भन्छन्, ‘गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।’

गीतलाई सस्तो बनाएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्थे तर गुरुङको स्वभावले दिएन । त्यसैले उनले सङ्गीत गरेको नौलाखे तारा उदाए भन्ने गीत जस्तै जीवनबाट उनी अस्ताए । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत– सङ्गीत क्षेत्रले उनलाई कहिल्यै अस्ताउन दिने छैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger