|
|
फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।
गए राति सम्पन्न खेलको दोस्रो मिनेटमा नै कप्तान रोवर्ट लेभेन्डोस्कीको गोलबाट पोल्याण्डले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १—१ गोलको बराबरीमा ल्याएका थिए।
खेलको निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा पनि खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पोर्चुगलका पाँच खेलाडीले गोल गर्दा पोल्याण्डका ज्याक्युब ब्यास्चोकोबस्किको प्रहार रोक्दै पोर्चुगलका गोल रक्षकरुई प्याट्रीसियाले आफ्नो टोलीलाई सेमिफाइनलमा स्थान पक्का बनाएका थिए। पोर्चुगलले सेमीफाइनलमा वेल्स र बेल्जियमबीचको विजेतासँग प्रतिशपर्धा गर्नेछ ।
|
|
Post a Comment