Headlines News :
Home » » गर्भपतन बारेका तीन भ्रम र बास्तविकता..

गर्भपतन बारेका तीन भ्रम र बास्तविकता..

Written By news on Thursday, 30 June 2016 | 21:44


गर्भपतन अर्थात गर्भतुहिने अवस्था कुनैपनि महिलाका निकै पिडादायी कुरा हो । चाहे त्यो शारीरिक रुपमा होस या मानसिक रुपमा । यस्तो अवस्था आउनुको धेरै कारणहरु हुन्छन् । जस्तै संक्रमण, महिला अस्वस्थ्य हुनु लगायत । कतिपय अवस्थामा हर्मोनमा गडबढी हुँदा पनि यस्तो अवस्था आँउछ । गर्भतुहिने अवस्थाका बारेमा समाजमा धेरै खालका भ्रम छन् । ती मध्ये बढी सुनिने भ्रम र बास्तविकता हामीले यहाँ उल्लेख गरेका छौँ ।
 १. एकपटक गर्भपतन गरेपछि गर्भ रहन्न भन्ने होइन : समाजमा अहिलेपनि एक पटक गर्भपतन वा गर्भपात गराइसकेको महिला त्यसपछि कहिल्यै आमा सक्दिनन भन्ने भ्रम छ । तर यो सरासर गलत हो । विशेषज्ञहरु भन्छन, पहिलो पटक गर्भपतन भएपनि दोस्रो पटक वा त्यसपछिका पटकहरुमा सजिलै गर्भवती हुनसक्छन् ।
 २. गर्भवती महिलाको योनीबाट रगत निस्कदैमा गर्भपतन भयो भन्नु हुँदैन : कतिपय मानिसहरुको धारणा गर्भवस्थाका बेला योनिबाट रगत निस्कियो भने त्यो गर्भ तुहियो वा गर्भपतन भयो भन्ने भ्रम छ । तर यो यस्तो मात्रै होइन्, रगत निक्लुन वा हल्का व्लिडिङ हुनु समान्य प्रक्रिया हो । गर्भवती भएको पहिलो तीन महिनामा यस्तो भइरहन्छ ।
 ३. गर्भपतन गरेको महिला जुनसुकै बेला पुन गर्भवती हुनसक्छिन् : यदि कुनै महिलाले पटक पटक गर्भपतन (गर्भ तुहिने) भएपछि ३ देखी ६ महिनाको बीचमा दोस्रो बच्चाको लागि प्रयास गर्नु राम्रो हुन्छ । तर पछिल्लो अनुसन्धान भन्छ, यदि महिला मानसिक वा शारीरिक रुपमा तयार भएमा जुनसुकै बेला पनि गर्भवती हुन सकिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger