Headlines News :
Home » » अधिकांश पबित्र मन्दिरहरुमा यौनक्रिडाका दृश्य किन बनाइयो ? (१० किम्बदन्ती) !!!

अधिकांश पबित्र मन्दिरहरुमा यौनक्रिडाका दृश्य किन बनाइयो ? (१० किम्बदन्ती) !!!

Written By news on Thursday, 30 June 2016 | 22:15


१) केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षेति हुँदैन ।


२) कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनशंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो ।

यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुदिएको छ । त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको मुर्ति कुदिएको हुनसक्छ । कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुदिनु त्यतिखेरको धार्मिक बिरोधि कार्य मानेका छन् ।


३) अधिकांश प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए । उनीहरुले दिएको जिम्मेवारीमै मन्दिर बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमोजिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अश्लिलता कुदेको कतिपयको आरोप छ ।

४) के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुदिएका थिए ।

५) कतिपयले के पनि भनेका छन् भने मानिस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुदिनु त्यतिखेरको शैक्षिक कार्य हो । यसरी आसन-आसनमा यौनक्रिडाको मुर्तिको कारण मानिसहरुले कसरी यौनक्रिडा गर्ने भन्नेबारे जानकार हुन्छन् ।

६) यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टिकर्ता ब्रम्हा समेतको मोक्षका लागि यौन आवश्यक परेको थियो । उनको पुनरजन्मको लागि यौनको भूमिका थियो त्यसैकारण यौनलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।

७) यो बिषयले मुश्लिम आक्रमणलाई पनि जोडेर हर्नेहरु छन् । प्राचिन कालमा हिन्दुधर्मावलम्बीहरुलाई मुश्लिम शाशकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुदिएका थिए ।

८) अर्को बिषय के पनि छ भने कुमारीलाई जिउँदो देवीको रुपमा पुजा गर्ने चलन छ । कुमारी भन्ने बित्तिकै ‘भर्जिन’ हुनुपर्ने मान्यता छ । मन्दिरमा स्थापना गरिने ‘कुमारी’लाई कसैको आँखा नलागोस् र यौनक्रिडाको सिकार बन्न नपरोस् भन्ने मान्यता थियो । यसरी मन्दिरको बाहिरनै मुर्ति कुदिएपछी कुमारीसँग सबैले लाज मान्ने र यौनको बिचार नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुदीएको थियो ।

९) कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् ।

१०) यसै सन्दर्भमा एउटा किम्बदन्ति कथा पनि छ:- |
तेर्हौं सताब्दीपछीका एकजना मल्लकालिन राजा एकाएक दरबारबाट गायव बने । उनको खोजीमा राज्यभर हाहाकार मच्चियो । तर, राजा भेष बदलेर भ्रमणमा निस्केका रहेछन् । राजा लामो समयसम्म नफर्किंदा दरबारभित्र अनेकौ प्रकारका विकृतिहरु बढ्न थालेछन् । राज्यका भारदार देखि तल्लो तहका मानिसहरुमा पनि यौनक्रिडाको क्रम चल्न शुरु भएछ । दरबारभित्र दिनप्रतिदिन यौन वातावरण भयाबह बन्दै गएपछी रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच पनि यौनजन्य क्रियाकालाप बढ्न थालेछ ।

सामान्य यौन आसनले नपुगेर अनेकौं आशंहरुमा सम्बन्ध हुन थालेछ । यसरी राजदरवारमा सिकेका कुराहरु त्यहाभित्रका हरुले बाहिर समेत सिकाउन थालेछन् । यौनका अनेक नयाँ–नयाँ असनहरुमा यौनक्रिडा बढ्न थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । यो क्रममा रानीको ओछ्यानमा समेत जनताको प्रवेश हुन थालेछ । यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।

छलफलपछी यसलाई लुकाएर र दबाएर समाधान हुँदैन, यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्णा उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निकालिएछ । अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले मानिसहरुको बढी उपस्थिति हुने स्थानहरुमा समेत यसरी कला कुद्न सुरु गरेछन् । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।

मन्दिरमा अश्लिल तश्विर कुद्ने काम नेपालमा मात्र नभई भारतमा पनि छ । माथिका बिषयहरुलाई सत्य मान्दै गर्दा भारतका चाही के कारण मन्दिरमा कामुक तश्विर कुदिए भन्ने बिषय थप चासोको बिषय बनेको छ । तर नेपालमा भारतका भन्दा सताब्दी पुराना मन्दिरहरुमा त्यस्ता मुर्ति कुदिनुले भारतका मन्दिरहरुमा पनि नेपालकै सिको गरिएको भन्नेहरु पनि छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger